२०८१ मंसिर १३, बिहिबार | Thu, 28, Nov, 2024

नेकपा एमाले काभ्रेको जिल्ला कमिटि पुर्नगठन


२०८३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ बैशाख ५, आईतबार मा प्रकाशित ३ साल अघि
  • ५ वैशाख, काभ्रेपलाञ्चोक – नेकपा एमाले काभ्रेको जिल्ला कमिटि पुर्नगठन भएको छ । नेकपा एमाले काभ्रेका अध्यक्ष टोकबहादुर वाइवाको अध्यक्षतामा २ सय १ सदस्यीय जिल्ला कमिटि सार्वजनिक गरिएको हो ।

    नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलगायतको आतिथ्यता तथा अध्यक्ष वाइवाको अध्यक्षतामा बसेको बैठकले विस्तारित जिल्ला कमिटि , विभिन्न जनवर्गिय संगठनका जिल्ला कमिटि तथा स्थानीय तहका कमिटिका पदाधिकारीहरु सर्वाजनिक गरेको हो ।

    प्रधानमन्त्री केपी ओली समूहले उपाध्यक्ष अशोककुमार व्याञ्जुको अध्यक्षतामा समानान्तर कमिटि गठन गरेपछि अध्यक्ष वाइवाले विस्तारित बैठक मार्फत जिल्ला कमिटि विस्तार गरेको बताएका छन् । कमिटिको उपाध्यक्षमा प्रदेशसभा सदस्य बसुन्धरा हुमागाईं, सचिवमा अनेरास्ववियुका पूर्व केन्द्रीय उपाध्यक्ष दिपक गौतम र सहसचिवमा अनेरास्ववियुकी केन्द्रयी नेत्री तथा पाचखाल नगरपालिकाकी उपप्रमुखकी उम्मेदवार भक्तकुमारी लामा रहेका छन् ।

    सचिव गौतम र सहसचिव लामा अनेरास्ववियुको केन्द्रीय राजनीतिमा माधवनेपाल समूहमा थिए । अध्यक्ष वाइवा नेकपा एमाले काभ्रेको गत अभिवेशनबाट माधव नेपाल समूहमा लागेका हुन् भने उपाध्यक्ष हुमागाईं पछिल्लो तीन महिनादेखि नेपाल समूहमा लागेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार