२०८१ कार्तिक ९, शुक्रबार | Fri, 25, Oct, 2024

एकैदिन २ लाख ७३ हजारभन्दा बढीलाई कोरोना


२०२२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ बैशाख ६, सोमबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौँ — भारतमा कोरोना संक्रमण दिनदिनै तीव्र गतिमा बढिरहेको छ । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मात्रै २ लाख ७३ हजार ८ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    भारतमा एकैदिन २ लाखभन्दा बढीलाई संक्रमण पुष्टि भएको यो चौथो दिन हो । त्यस्तै भारतमा पछिल्लो २४ घण्टामा १६ सय १९ जनाको मृत्यु भएको छ । योसँगै भारतमा संक्रमितको संख्या १ करोड ५० लाख ६१ हजार ९ सय १९ पुगेको छ । त्यस्तै अहिलेसम्म कोरोनाले १ लाख ७८ हजार ७ सय ६९ को मृत्यु भएको छ भने १ करोड २९ लाखभन्दा बढी संक्रमणमुक्त भएका छन् । भारतमा अहिले १९ लाख २९ हजारभन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।

    भारतले पछिल्लो समय कोरोनाविरुद्धको भ्याक्सिनलाई तीव्रता दिइए पनि कोरोनाको दोस्रो लहर रोक्न सफल भएको छैन । केही हप्तादेखि विभिन्न राज्यमा भइरहेका विधानसभा चुनावको प्रचार र हरिद्वारमा आयोजित कुम्भ मेलाले ‘सुपर स्प्रेडर’ को काम गरेको जनस्वास्थ्यविद्को भनाइ छ । भारतमा अहिलेसम्म १२ करोड ३८ लाख ५२ हजार ५ सय ६६ डोज खोप लगाइएको छ । जसमध्ये आइतबार मात्रै १२ लाख ३० हजारले कोरोना खोप लगाएका थिए ।

    भारतमा पछिल्लो एक सातामा मात्रै करिब १५ लाख संक्रमित थपिएका छन् । जुन भारतमा अहिलेसम्म पुष्टि भएका संक्रमितको संख्याको १० प्रतिशत हो । अप्रिल ११ देखि अप्रिल १८ सम्म मात्रै १४ लाख ५० हजारभन्दा बढी संक्रमित थपिएका हुन् ।

    अस्पतालमा बेड र औषधि अभाव

    संक्रमण तीव्र बनेसँगै अस्पतालमा बेड, बिरामीहरुका लागि आईसीयू, भेन्टिलेटर, अक्सिजन र अन्य अत्यावश्यक औषधिको चरम अभाव हुन थालेको छ । अभावकै कारण आफन्तका लागि बेड, अक्सिजन र भेन्टिलेटरका लागि केन्द्रीय मन्त्रीदेखि पत्रकारहरुले समेतले सामाजिक सञ्जालमार्फत् गुहार लगाउन थालेका छन् । केन्द्रीय मन्त्री भीके सिंहले आइतबार मध्यान्ह कोरोना संक्रमित आफ्ना भाइका लागि बेडको आवश्यक भएको भन्दै ट्विटरमार्फत् सहयोग मागेका छन् ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार