७ वैशाख, दाङ । आगो ताप्ने क्रममा कपडामा आगो सल्किँदा दाङमा एक वर्षीया बालिकाको जलेर मृत्यु भएको छ । आगोमा जलेर बालिकाकी आमा गम्भीर घाइते भएकी छन् ।
राप्ती गाउँपालिका–५ कालापानीमा सोमबार राति आगो ताप्ने क्रममा जलेर बालिका गम्भीर घाइते भएकी थिइन् । उनको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । घाइते ४४ वर्षीया पुनम सुनारको सोही अस्पतालमा उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस