बैशाख १०, काभ्रे । काभ्रेमा आज (शुक्रबार) थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण हुनेमा सबै भन्दा धेरै धुलिखेल नगरपालिकाका रहेका छन् ।
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार आज थपिएका नयाँ संक्रमित धुलिखेल नगरपालिकामा ६ जना, बनेपामा ४ जना, पाँचखाल नगरपालिकामा ४, पनौतीमा २, नमोबुद्ध नगरपालिकामा २, मण्डनदेउपुर नगरपालिकामा २, रोशी गाउँपालिकामा २ र चौरिदेउराली गाउँपालिकामा १ जना गरि जम्मा २३ जनालाइ कोरोना संक्रमण पुष्टी भएको हो।
योसँगै काभ्रेमा आज सक्रिय कोरोना संक्रमितको संख्या ८२ रहेको छ । जसमा ३९ जना महिला र ४३ जना पुरुष रहेका छन् । यसैगरी काभ्रेमा हालसम्म कुल कोरोना संक्रमित संख्या ३४ सय ९० पुगेको कार्यालयको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस