२०८१ मंसिर १३, बिहिबार | Thu, 28, Nov, 2024

अस्पतालमा भर्ना भएका कोरोना संक्रमितको धमाधम मृत्यु


२१७५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ बैशाख १२, आईतबार मा प्रकाशित ३ साल अघि
  • कोरोना संक्रमणको दोस्रो लहरसँगै नेपालका बिरामीलाई उपलब्ध गराइएको औषधोपचार पद्धतिले काम नगरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    हाल अस्पताल पुगेका बिरामीलाई पहिलो लहरमा प्रयोग गरिएका औषधि तथा उपचार पद्धतिहरू रेमडिसिभिर, प्लाज्मा थेरापी, अक्सिजन थेरापी कुनै पनि उपायले निको पार्न नसक्ने स्थिति सिर्जना भएको स्वास्थ्य आपत्कालीन केन्द्रका संयोजक तथा मन्त्रालयका प्रवक्ता डा. समीरकुमार अधिकारीले बताए ।

    अस्पतालमा भर्ना भएपछि बिरामीलाई उपचारले निको नभइ धमाधम मृत्यु भइरहेको स्थितिले केन्द्र तथा मन्त्रालयलाई चिन्तित बनाएको उनले बताए । उनले भने, ‘अस्पताल भर्ना भएर के गर्नु ? कुनै औषधोपचार नै छैन, गम्भीर लक्षण देखिएकाहरुलाई बचाउनै मुस्किल छ ।’ अहिले पनि गम्भीर लक्षण देखिएर आईसीयू र भेन्टिलेटरमा पुगेकाहरूलाई सामान्य अवस्थामा फर्काउने कुरा असामान्य बनिसकेको उनले बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार