२०८१ मंसिर १३, बिहिबार | Thu, 28, Nov, 2024

आज काभ्रेमा ३४ लाई कोरोना पुष्टि


२२८१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ बैशाख १३, सोमबार मा प्रकाशित ३ साल अघि
  • बैशाख १३, काभ्रे । काभ्रेमा आज (सोमबार) थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण हुनेमा सबै भन्दा धेरै बनेपा नगरपालिकाका रहेका छन् ।

    जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार आज थपिएका नयाँ संक्रमित बनेपा नगरपालिकामा १५ जना, पनौतीमा ७ जना, धुलिखेल नगरपालिकामा ४, मण्डनदेउपुर नगपालिकामा ३, पाँचखाल नगरपालिकामा २,  नमोबुद्ध नगरपालिकामा १, तेमाल गाउँपालिकामा १ र भुम्लु गाउँपालिकामा १ जना गरी जम्मा ३४ जनालाइ कोरोना संक्रमण पुष्टी भएको हो।

    योसँगै काभ्रेमा आज सक्रिय कोरोना संक्रमितको संख्या १३३ रहेको छ । जसमा ६६ जना महिला र ६७ जना पुरुष रहेका छन् । काभ्रेमा हालसम्म कुल कोरोना संक्रमित संख्या ३५ सय ४६ पुगेको कार्यालयको जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार