२०८१ मंसिर १३, बिहिबार | Thu, 28, Nov, 2024

काभ्रेमा आज ४५ जना नयाँ संक्रमित , १ जनाको मृत्यु


२६४२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ बैशाख १६, बिहिबार मा प्रकाशित ३ साल अघि
  • धुलिखेल । काभ्रे जिल्लामा आज मात्र ४५ जना नयाँ संक्रमित थपिएको छ । त्यसैगरी कोरोना संक्रमणबाट एकजनाको मृत्यु भएको छ ।

    स्वास्थ्य कार्यालय, काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार संक्रमण हुनेहरुमा पनौती नगरपालिकामा ८ पुरुष र ८ महिला, धुलिखेल नगरपालिकामा ४ महिला र ३ पुरुष, बनेपा नगरपालिकामा ५ महिला र ११ पुरुष, पाँचखाल नगरपालिकामा १ महिला र १ पुरुष, भुम्लु गाउँपालिमा १ महिला र मण्डनदेउपुर नगरपालिकामा ३ पुरुष रहेका छन् ।

    काभ्रेमा सक्रिय संक्रमित संख्या २ सय ४२ पुगेको छ । जसमध्य महिला १ सय २२ र पुरुष १२० रहेका छन् । संक्रमितहरु मध्य अस्पताल आइसोलेशनमा ४ जना र होम आईसोलेशनमा २ सय ३८ जना रहेका छन् । काभ्रेमा हालसम्म ३६ सय ६५ जना संक्रमित रहेका छन् ।

    यसैबीच आज कोरोना भाईरस संक्रमणका कारण पनौती नगरपालिकाका ५८ वर्षिय एक महिलाको गणेशमान अस्पताल काठमाडौंमा मृत्यु भएको डा. झाले जानकारी दिए ।

    Comments

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार