२०८१ मंसिर १३, बिहिबार | Thu, 28, Nov, 2024

पाँचखालमा किराना पसलमा आगलागी हुँदा २५ लाख क्षती, नगरप्रमुख सहित स्थानियको पहलमा आगो नियन्त्रण


७२६५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ बैशाख १७, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • काभ्रे । पाँचखाल नगरको प्रमुख व्यापारिक केन्द्रको रुपमा रहेको पाँचखाल ४ तामाघाटमा रहेको किराना पसलमा आगलागी हुंदा अन्दाजि २५ लाख क्षतिभएको छ ।
    हिजो (विहिबार) राती १ बजे बाट लागेको आगो राती २—३० मा नियन्त्रणमा लिइएको थियो । पाँचखाल नगरपालिका प्रमुख महेश खरेलको नेतृत्वमा वडा नं ४ का वडा अध्यक्ष शुन्दर तामाङ्, पाँचखाल उद्योग बाणिज्य संघका अध्यक्ष राजन कार्की लगाएतका स्थानियहरुले आगो नियन्त्रणको लागि तत्काल जुट्दा आगो अन्यत्र फैलनबाट जोगीएको थियो ।


    पाँचखाल उद्योग बाणिज्य संघका अध्यक्ष राजन कार्कीका अनुसार स्थानियहरुको साथै जनप्रतीनिहरुले आगो नियन्त्रण गर्ने कार्यलाई प्रयास गर्दैगर्दा सशस्त्र प्रहरी १५ नं गणबाट पाँचखाल नगरपालिकाको दमकल सहितको सशस्त्र प्रहरीको टोली आएर आगो नियन्त्रण कार्यमा जुट्दा राती २—३० मा आगो नियन्त्रणमा आएको थियो । पाँचखाल प्रहरी चौकीबाट आएका प्रहरीको टोली, सशस्त्र प्रहरी साथै स्थानियको पहलले गर्दा आगो नियन्त्रणमा लिएको हो ।


    पाँचखाल वडा नं २ अनैकोट स्थाई बसोवास भएका दयाराम कोईरालाले पाँचखाल वडा नं ४ मा रहेको घलबहादुर दनुवारको घरमा किराना पसल सञ्चालन गर्दै आउनु भएको थियो । कोरोना महाँमारीका कारण लकडाउन हुने प्रवल संभावनाले गर्दा केहीदिन अघिमत्रै किराना पसलको लागि आवश्यक सामाग्रीहरु खरिद गरी स्टक राख्नाले गर्दा बडी क्षति भएको उद्योग वाणिज्य संघका अध्यक्ष कार्कीले बताउनु भयो । आगो विद्युत सट भएर लागेको हुन सक्ने अनुमान गरीएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार