काभ्रे। आज बैशाख २७ गते (सोमबार) काभ्रेमा १२८ जनालाई कोरोना पुष्टि भएको जिल्ला स्वस्थ्य कार्यालय काभ्रेले जानकारी गराएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा.नरेन्द्र कुमार झाका अनुसार बनेपा नगरपालिकामा २० महिला २८ पुरुष, धुलिखेल नगरपालिकामा १८ महिला १९ पुरुष, पनौती नगरमा ८ महिला १० पुरुष, पाँचखाल नगरमा १ महिला ४ पुरुष, मण्डनदेउपुर नगरपालिकामा ४ महिला २ पुरुष, नमोबुद्ध नगरपालिकामा ४ महिला ६ पुरष, तेमाल गाउंपालिका १ महिला,चौरीदेउराली गाउंपालिका २ पुरुष र भुम्लु गाउंपालिका १ पुरुष गरी १२८ जनालाइ कोरोना पुष्टि भएको छ ।
आज काभ्रेमा ३ जनको मृत्यु भएको छ जसमा पनौतीको २४ बर्षिए पुरुष, धुलिखेल अस्पतालमा मृत्यु भएको थियो । बनेपाको ४५ बर्षिय पुरुषको बनेपा स्थित शिरमेमोरिल अस्पतालमा र भक्तपुरका ६५ बर्षिय पुरुषको धुलिखेल अस्पतालमा मृत्यु भएको जानकारी प्राप्त भएको छ ।
काभ्रेमा आज सम्म सक्रिय संक्रमितको संख्या १२१८ पुगेको छ । जसमा महिला ५५४ र पुरुष ६६४ रहेका छन् । उनीहरु मध्य ४६ जना अस्पतालको आईसोलेसनमा र ११७२ होम आइसोलेसनमा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस