२०८१ मंसिर १३, बिहिबार | Thu, 28, Nov, 2024

काभ्रेमा जेठ ३१ गतेसम्मको लागि निषेधाज्ञा


२६४२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ जेष्ठ २१, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • काभ्रे जिल्लामा नोबेल कोरोना भाइरस (कोभिड–१९) को संक्रमण तिव्र गतिमा बढिरहेको भन्द्र जिल्ला प्रशासन कार्यालय, काभ्रेले निषेधाज्ञा अवधि थप गरिएको छ । प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले एक आदेश जारी गर्दै आगमी जेठ ३१ गतेसम्मको लागि निषेधाज्ञा अवधि बढाएको हो ।

    यस जिल्लामा पनि सो रोगको संक्रमण दर उच्च रुपमा बढिरहेको अवस्थालाई दृष्टिगत गरी कोभिड–१९ को सम्भावित संक्रमण, रोकथाम तथा नियन्त्रणको लागि मिति २०७८।०२।२२ गते राती १२ बजेबाट मिति २०७८।०२।३१ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको आदेशमा उल्लेख छ ।

    यस्तो छ आदेश

    विश्वव्यापी रुपमा फैलिइरहेको नोबेल कोरोना भाइरस (कोभिड–१९) को संक्रमण तिव्र गतिमा बढिरहेको मध्येनजर गर्दै यस जिल्लामा पनि सो रोगको संक्रमण दर उच्च रुपमा बढिरहेको अवस्थालाई दृष्टिगत गरी कोभिड–१९ को सम्भावित संक्रमण, रोकथाम तथा नियन्त्रणको लागि संक्रामक रोग ऐन, २०२० को दफा २ र स्थानिय प्रशासन ऐन, २०२८ को दफा ६(३) ले दिएको अधिकार प्रयोग गरी मिति २०७८।०२।१२ गते राती १२ बजेबाट मिति २०७८।०२।२२ गते राती १२ बजेसम्मका लागि जारी गरिएको निषेध आदेश मिति २०७८।०२।२२ गते राती १२ बजेबाट मिति २०७८।०२।३१ गते राती १२ बजेसम्मका लागि काभ्रेपलाञ्चोक जिल्लाभरि लागु हुनेगरी देहायअनुसार जारी गरिएको छ । यस आदेशको अवहेलना तथा बर्खिलाप हुने गरी कहीं कसैबाट कार्य भएमा प्रचलित कानून बमोजिम कारवाही हुने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराईन्छ ।

    निम्नः

    १ सर्वसाधारणले पालना गर्नुपर्नेः
    १.१ औषधि उपचार, खाद्य वस्तु खरिद जस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर ननिस्कने, हिंडडुल, आवतजावत नगर्ने ।

    १.२ नेपाल सरकारबाट तोकिएको स्वास्थ्य सम्बन्धी मापदण्ड र सामाजिक दुरी अनिवार्य पालना गर्ने ।

    १.३ सबै प्रकारका गोष्ठी, भेला, जुलुस, सभा, सम्मेलन, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्वीमिङ पुल, मनोरञ्जन स्थल, शैलुन, ब्युटि पार्लर, जिमखाना, समुहमा खेलिने खेलकुद, संग्रहालय आदि सञ्चालन नगर्ने ।

    १.४ हाट, मेला, जात्रा, महोत्सव, पार्टि, भोज जस्ता भिडभाड हुने कार्यहरु नगर्ने ।

    १.५ कोभिड–१९ सँग मिल्दोजुल्दो वा त्यस्तै प्रकारका कुनै स्वास्थ्य समस्या देखिएमा तुरुन्तै नजिकको स्वास्थ्य संस्था वा स्थानीय तहमा सम्पर्क गर्ने ।

    २. कार्यालय सञ्चालन सम्बन्धमाः
    २.१. अत्यावश्यक सेवा प्रदायक सरकारी कार्यालयले न्यूनतम कर्मचारी उपस्थित भएर सेवा प्रवाह गर्ने व्यवस्था मिलाउने ।

    २.२ बैंक तथा वित्तीय संस्थाहरुका हकमा राष्ट्र बैंकबाट ईजाजत प्राप्त बैंकहरुले माथिल्लो निकायको स्विकृती लिई आलोपालो सेवा प्रणालीमा अत्यावश्यक सेवा सञ्चालन गर्ने र बीमा कम्पनी तथा सहकारी संस्थाहरुले निषेध आदेश अवधिभर कार्यालय सञ्चालन नगर्ने ।

    ३. सार्वजनिक एवम् निजी सवारी साधन सञ्चालन सम्बन्धमाः
    ३.१ सार्वजनिक तथा निजी सवारी साधन निषेध आदेश जारी भएको अवधिभर सञ्चालन नगर्ने ।

    ३.२ अत्यावश्यक सेवाहरु जस्तै एम्बुलेन्स, खानेपानी सेवा, दुरसञ्चार, बैंक, वित्तीय संस्था, ईन्टरनेट, खाद्यान्न, तरकारी, फलफुल, दुध तथा दुग्ध पदार्थ ढुवानी, कुखुराको दाना, चल्ला र पशुपंछी जन्य पदार्थ, भेटनरी, मासु तथा मासुजन्य वस्तु बोकेको सवारी साधन, मास्क, सेनिटाइजर, क्वारेन्टिन, आइसोलेसन, फोहोरमैला व्यवस्थापन, कुरियर तथा डाक सेवामा प्रयोग भएका सवारी साधनहरुमा व्यानर तथा प्रिन्टमा विषय उल्लेख गरी सञ्चालन गर्ने ।

    ३.३ सार्वजनिक निर्माणका सामग्री ढुङ्गा, गिट्टी, बालुवा लगायतका सामग्रीहरु ढुवानी गर्ने सवारी साधनहरु कोभिड–१९ स्वास्थ्य सुरक्षाको मापदण्ड पूर्ण रुपमा पालना गरी राती ९स्ण्ण् बजेदेखि बिहान ५स्ण्ण् बजेसम्म सञ्चालन गर्ने ।

    ४. अत्यावश्यक सामग्रीका सम्बन्धमाः
    ४.१ खाद्यान्न, दुध डेरी, मासु, तरकारी, फलफुल पसल, किराना पसल, खानेपानी, ग्याँस पसलहरु र डिपार्टमेन्टल स्टोर (ग्रोसरी मात्र) सञ्चालन गर्ने समय बिहान ६ बजेदेखि बिहान १० बजेसम्म निर्धारित स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य पालना गरी सञ्चालन गर्ने ।

    ४.२ औषधी तथा स्वास्थ्य सामग्री उत्पादन र बेचबिखन गर्ने उद्योग तथा पसलहरु लगायत अत्यावश्यक सेवा सम्बन्धी व्यवसाय निर्धारित स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य पालना गरी सञ्चालन गर्ने ।

    ५. नेपाल सरकारका कर्मचारी, बैंक तथा वित्तीय संस्था, विद्युत, संचार, खानेपानी, फोहोरमैला व्यवस्थापन सम्बन्धी अत्यावश्यक सेवामा कार्यरत कर्मचारीले प्रयोग गर्ने निजी सवारी साधनका हकमा कार्यालयले जारी गरेको परिचय–पत्र र कार्यालयमा आउनु पर्ने पालो सूचीको आधारमा मात्र आवतजावत गर्ने ।

    ६. सञ्चार कर्मी एवम् पत्रकारको हकमा सूचना सङ्कलन तथा सम्प्रेषण गर्न सूचना विभागले जारी गरेको परिचय–पत्रको आधारमा आवतजावत गर्ने ।

    ७. निषेध अवधिभर होटल तथा रेष्टुरेन्टहरुले Takeaway र Home Delivery दिन सक्ने ।

    ८. विवाह, ब्रतबन्धको आयोजनाका लागि स्वास्थ्य मापदण्डको अनिवार्य पालना गर्नेगरी आफ्नो घर वा बसेको स्थामा मात्र गर्ने । बिबाहको हकमा (दुलाहा, दुलही समेत) ७ जना भन्दा बढी नहुने गरी १ वटा सवारी साधन मात्र प्रयोग गर्ने गरी ब्यानरका आधारमा आवतजावत गर्ने ।

    ५. माथि उल्लेखित आदेशहरु पालना नगर्ने वा यो काम गर्न बाधा पुयाउने जो कोहीलाई संक्रामक रोग ऐन, २०२० तथा स्थानीय प्रशासन ऐन, २०२८ अनुसार सजाय हुने व्यहोरा सबैमा जानकारी गराइन्छ ।

    मितिः २०७८।०२।२१
    शिवराम पोखरेल
    प्रमुख जिल्ला अधिकारी

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार