२०८१ मंसिर १३, बिहिबार | Thu, 28, Nov, 2024

दानविरको सहयोगमा पाँचखाल वडा नं ६ मा राहत वितरण


२६५२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ जेष्ठ २७, बिहिबार मा प्रकाशित ३ साल अघि
  • काभ्रे । पाँचखाल नगरपालिका वडा नं ६ मा दानविरको सहयोगमा राहत वितरण कार्य आज (विहिबार) सम्पन्न भएको छ ।
    वडा अध्यक्ष रामशरण दुलाल र जनप्रतिनिधि शिवहरी पराजुलीको पहलमा रामेछाप जिल्ला गोकुलगंगा गाउंपालिका स्थाई ठेगाना भई हाल काठमाडौमा व्यवसाय गर्दै रहनु भएका दिपक कुमार खड्काले उपलब्ध गराएको राहत सामाग्री आज वितरण गरेको हो ।
    दानविर खड्काले उपलब्ध गराएको ५० बोरा चामल, तोरीको तेल र दाल पाँचखाल वडा नं ६ को दुई वस्ति (वखे्रलडिही र दुलालथोक) मा वितरण गरीएको छ । राहत सामाग्री वितरण कार्यमा स्थानिय समाजसेवीहरु, जागरुक युवा क्लवका अध्यक्ष राजकुमार श्रेष्ठको नेतृत्वमा आएका क्लवका पदाधिकारीहरु, जनप्रतिनिधिहरुको उपस्थितिमा टोलटोलमा गएर भिडभाड रहित ढंगले राहत वितरण गरीएको थियो ।


    राहत वितरण कार्यको सुरुवात गर्दै वडा अध्यक्ष रामशरण दुलालले भन्नुभयो—कोरोनाको कारण आफ्नो दैनिक कार्य गर्न नपाएर समस्यामा परेका वडावासिहरुको पिडालाई मध्यनजर राख्दै दाताहरुसंग अनुरोध गर्दै उपलब्ध गराएको राहत सामाग्री वितरण गरेको हो । सरकारको तर्फबाट राहत सामाग्री नआएकोले समस्यामा परेकाहरुलाई सहयोग गर्न दाताहरुसंग हात फैलाएको बताउनु भयो । उहाँले थप्नुभयो पाँचखाल वडा नं ६ का जनप्रतिनिधिहरुको पहलमा उपलब्ध भएको राहत सामाग्रीहरुलाई क्रमस भेगिए रुपमा वितरण गर्दै जाने बताउनु भयो । वडाको झिगनपुर, पिपल्टार र धोत्रामा राहत सामाग्री सवैलाई नपुगेकोले सो बस्तिहरुमा पुन राहत सामाग्री वितरणको लागि दाताहरुसंग हात फैलाउंदै गरेको बताउनु भयो ।
    वडा नं ६ का जनप्रतिनिधि शिवहरी पराजलीले स्थानियहरुको सल्लाह अनुसार तयार गरेको नामावलिको आधारमा राहत वितरण भएको बताउनु भयो । उहाँले थप्नुभयो दानविर खड्काले उपलब्ध गराएको राहत सामाग्री वितरण गर्दै जाने क्रममा ९ जनालाई अपुग भएकोले जनप्रतिनिधिहरुको तर्फबाट व्यवस्था गरी वितरण गरेको बताउनु भयो ।
    त्यसैगरी जागरुक युवा क्लवका अध्यक्ष राजकुमार श्रेष्ठले भन्नुभयो—पाँचखाल वडा नं ६ का लागि व्यक्तिगत तथा संस्थागत ढंगबाट उपलब्ध गराएको राहत सामाग्री वितरणमा सहजताको लागि क्लववाट युवाहरु परिचालन भएको बताउनु भयो । उहाँले थप्नुभयो हामी युवाहरुको दायित्व भनेको समस्यामा परेकालाई साथ सहयोग गर्नु हो । यतिखेर कोभिडको कारण गरीखाने बर्गलाई समस्या परेको छ । सो समस्यालाई मध्यनजर राख्दै वडाको पहलमा दानविरहरुले सहयोग गर्नुभएको छ, उहाँहरुले उपलब्ध गराएको राहत सामाग्रीलाई सहज, व्यवस्थित ढंगबाट सामाजिक दुरी कायम गराउने कार्यमा हामी लागि रहेका छौं, निरनतर रुपमा लागि रहने छौं ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार