२०८१ मंसिर १३, बिहिबार | Thu, 28, Nov, 2024

लामाको गिरफ्तारी ओलीको प्रतिशोधपूर्ण कार्य’ –काँग्रेस


२४३२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ जेष्ठ २८, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • नेपाली काँग्रेस काभ्रेका नेता गणेश लामालाई पोखराबाट पक्राउ गरेपछि ससम्मान रिहा गर्न माग गरिएको छ । जिल्ला सभापति मधु आचार्यले विहिबार एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त माग गरिएको हो ।

    सभापति आचार्यले नेता लामाको पक्राउ ओलीको प्रतिशोधपूर्ण कार्य भएको बताएका छन् । ‘अलोकतान्त्रिक ओली सरकार र विश्वासको मत गुमाएर विक्षिप्त बनेको गण्डकी प्रदेस सरकारको मिलोमतोमा आज साँझ पोखरामा शान्तिपूर्वक रहिरहेको अवस्थामा प्रतिशोधपूर्वक पक्राउ गरेको घटनाको घोर भत्सर्ना गर्दछौं ।’ विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेस काभ्रे नेता गणेश लामाको अविलम्ब ससम्मान रिहाईको माग गर्दछ । अन्यथा नागरिकको नागरिक अधिकार कुल्चने तथा कानुनी शासनको धज्जी उडाउने यसप्रकारको सर्वसत्तावादी हर्कत विरुद्ध सशक्त कदम चाल्न हामी बाध्य हुने कुरा प्रष्ट गर्दछौं ।’

    यस्तो छ विज्ञप्तिः

    मितिः २०७०।०२।२७
    प्रेस विज्ञप्ति नेपाली कांग्रेस काभेका नेता तथा गत आमनिर्वाचनमा प्रदेस सभा क्षेत्र नं १ (ख)बाट उम्मेदवार रहनु भएका गणेश लामालाई अलोकतान्त्रिक ओली सरकार र विश्वासको मत गुमाएर विक्षिप्त बनेको गण्डकी प्रदेस सरकारको मिलोमतोमा आज साँझ पोखरामा शान्तिपूर्वक रहिरहेको अवस्थामा प्रतिशोधपूर्वक पक्राउ गरेको घटनाको घोर भत्सर्ना गर्दछौं ।

    नेपाली कांग्रेस काभ्रे नेता गणेश लामाको अविलम्ब ससम्मान रिहाईको माग गर्दछ । अन्यथा नागरिकको नागरिक अधिकार कुल्चने तथा कानुनी शासनको धज्जी उडाउने यसप्रकारको सर्वसत्तावादी हर्कत विरुद्ध सशक्त कदम चाल्न हामी बाध्य हुने कुरा प्रष्ट गर्दछौं ।
    जय नेपाल

    मधु आचार्य
    सभापति
    नेपाली काँग्रेस जिल्ला कार्यसमिति, काभ्रे

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार