२०८१ मंसिर १३, बिहिबार | Thu, 28, Nov, 2024

काभ्रेमा बालबालिकाको लागि २०५ वेडको व्यवस्था


३०२१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ जेष्ठ २९, शनिबार मा प्रकाशित ३ साल अघि
  • धुलिखेल । जिल्ला स्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले जिल्लामा रहेका अस्पताललाई बालबालिकाको लागि २० प्रतिशत बेड छुट्याउन अनुरोध गरेको छ । केन्द्रको शुक्रवार बसेको बैठकले संक्रमणदर बालबालिकामा उच्च हुने प्रक्षेपण गरिएको सन्दर्भमा यस्तो अनुरोध गरेको हो ।

    केन्द्रका संयोजक तथा प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलका अनुसार धुलिखेल अस्पताल, शिर मेमोरियल अस्पताल र मेथिन्कोट अस्पताल लगायत जिल्लास्थित अस्पतालहरुलाई २०५ वेडहरु छुट्याउन अनुरोध गर्ने निर्णय गरेको बताए ।

    नयसैबीच केन्द्रको बैठकले संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरु माथि हुनसक्ने गैरकानूनी क्रियाकलाप नियन्त्रण गर्न पूर्व सावधानी अप्नानउने निर्णय भएको पोखरेलले जानकारी दिए ।

    ‘अस्पताल प्रशासन तथा स्थानीय तहहरुबाट स्वास्थ्य संस्था तथा आइसोलेशन सेन्टरहरुको अझ प्रभावकारी व्यवस्थापन भइरहेको साथै कोभिड–१९ संक्रमितहरुको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरु माथि हुनसक्ने गैरकानूनी क्रियाकलाप नियन्त्रण गर्न पूर्व सावधानी अपनाउने निर्णय भएको छ ।’ उनले भने ।

    यसैबीच बैठकले विभिन्न संघ संस्थाबाट प्राप्त भएको स्वास्थ्य सामग्रीहरु विभिन्न स्थानीय तहलाई आवश्यकताको आधारमा वितरण गर्ने निर्णय भएको छ ।काभ्रे सेवा समाज, साउदी अरबको तर्फबाट प्राप्त भएको अक्सिजन कन्सेनट्रेटर १२ थान, काभ्रे सम्पर्क समिति, दक्षिण कोरियाको तर्फबाट प्राप्त भएको अक्सिजन सिलिन्डर २६ थान र पि.पि.ई. सेट २६ थान प्राप्त भएको थियो ।

    पनौती न.पा. को खोपासी स्वास्थ्य चौकी, पाँचखाल न.पा. को पाँचखाल पि.एच.सि., मण्डनदेउपुर न.पा. को आइसोलेशन सेन्टर, नमोबुद्ध न.पा. स्थित मेथिन्कोट अस्पताल, महाभारत गा.पा. को घर्तिछाप स्वास्थ्य चौकी, बेथानचोक गा.पा. को ढुंखर्क स्वास्थ्य चौकी, चौंरीदेउराली गा.पा. को माझिफेदा डिसी डब्लुसी र धुसेनी शिवालय अस्पताल, तेमाल गा.पा. को पोखरी नारायणस्थान स्वास्थ्य चौकी, रोशी गा.पा. को खरहे पांगु स्वास्थ्य चौकी, भुम्लु गा.पा. को भुम्लुटार प्राथमिक अस्पताल लगायतलाई वितरण गरिएको प्रमुख जिल्ला अधिकारी पोखरेलले जानकारी दिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार