२०८१ मंसिर १३, बिहिबार | Thu, 28, Nov, 2024

खोप सुनिश्चित नगरेसम्म ढुवानी रोक्ने


२२३८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ जेष्ठ ३०, आईतबार मा प्रकाशित ३ साल अघि
  • ३० जेठ, काठमाडौं । नेपाल पेट्रोलियम ट्याङ्कर चालक संघले कोरोना भाइरसविरुद्धको खोपको व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ । खोपको सुनिश्चितता नभएसम्म पेट्रोलियम पदार्थको ढुवानी नगर्ने संघले जनाएको छ ।

    संघले आइतबार नेपाल आयल निगमलाई पत्र पठाउँदै खोपको व्यवस्था नभएसम्म अतिआवश्यक सेवाभित्र राखिएको पेट्रोलियम पदार्थको ढुवानी रोक्ने जनाएको हो । संघले दोस्रो लहरको कोरोना संक्रमणका कारण ट्यांकर चालक, सहचालक तथा पम्पका कर्मचारी तथा तिनका परिवारका सदस्यको निधन समेत भएको जनाउँदै थप जोखिम मोलेर पेट्रोलियम पदार्थको ढुवानी नगर्ने बताएका छन् ।

    संघका अध्यक्ष ईश्वर लामाले नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेललाई पत्र पठाउँदै थप सेवा प्रवाह गर्न असमर्थ रहेको भन्दै खोपको विशेष व्यवस्था गरी कार्यसञ्चालन गराउन आग्रह गरेका छन् ।

    तीन पटकसम्म खोपको माग गर्दै पत्र पठाउँदासमेत  बेवास्ता भएको भन्दै संघले खोपको व्यवस्था नभएसम्म ढुवानी नगर्ने जनाएको छ । यसअघि, नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनले पेट्रोलियम व्यवसायी र कर्मचारीलाई खोपको व्यवस्थापन गरिदिन सरकारसँग आग्रह गरेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार