काठमाडौँ– काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञामा निधेषाज्ञा उल्लंघन गर्ने ६४२ सवारी साधन कारबाहीमा परेका छन् ।
आइतबार बिहान निषेधाज्ञाको अबज्ञा गरी चलाइएका ६४२ ओटा सवारी साधनलाई काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । जसमा ५०६ दुई पाङग्रे सवारी, ११० ओटा चारपाङ्ग्रे सवारी, ६ ट्याक्सी र २० ठुला सवारी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
कोरोना भाइरस संक्रमणको दोस्रो लहर फैलिएपछि काठमाडौँ उपत्यकामा लगाइएको निषेधाज्ञा पनि जारी छ । पछिल्लो पटक उपत्यकामा थप गरिएको निषेधाज्ञा जेष्ठ ३१ गतेसम्म कायम रहने छ । त्यसपछि पनि केही खुकुलो बनाउँदै निषेधाज्ञाको अवधि थप्ने स्थानीय प्रशासनको तयारी छ ।
निषेधाज्ञाका क्रममा उपत्यकामा सवारी साधानको अत्याधिक चाप देखिएको छ । काठमाडौँको विभिन्न चोकमा सवारीको चाप बढेको हो । यद्यपी ट्राफिक महाशाखाले काठमाडौँ उपत्यका लगायत निषेधाज्ञा जारी भएका जिल्लाहरुमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, एम्बुलेन्स र जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएका अत्यावश्यक सेवाका सवारी साधन मात्र सञ्चालन भएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस