२०८१ कार्तिक ९, शुक्रबार | Fri, 25, Oct, 2024

बाढीका कारण ५० जना भन्दा बढी बेपत्ता, ६ वटा पुल ध्वस्त


२५९५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ अषाढ २, बुधबार मा प्रकाशित ३ साल अघि
  • अविरल वर्षाका कारण सिन्धुपाल्चाकको मेलम्ची नदीमा आएको भिषण बाढीका कारण ५० जना भन्दा बढी मानिस बेपत्ता भएका छन् । त्यसैगरी सो नदीमा रहेको ६ वटा पुल पनि ध्वजस्त भएको छ । बाढीले नदी तटीय क्षेत्रमा भएका भण्डारी रिसोर्ट तथा इको रिसोर्टसहित केही रिसोर्ट तथा आधा दर्जनभन्दा बढी माछा फर्म बगाएको स्थानीयले बताएका छन् ।

    बाढीले मेलम्ची खानेपानी ड्याम समाप्त गरेको छ भने तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजार, क्षतबिक्षत बनाएको छ । यसैगरी नाकोते पूल, तिम्बु पूल, फट्टे पूल, मेलम्ची पूल, बाहुनेपाटी पूल, ढाँडखोला पूल सम्पूर्ण उडाएको मन्त्री तामाङले बताए । ‘नदी किनाराका सम्पूर्ण संरचना ध्वस्त बनाएर अरबौंको क्षति भएको छ ।’

    यसैबीच, नदीमा पानीको सतह बढेपछि नदी आसपासका बस्ती र बजारहरु खाली गराइएको छ । मेलम्ची बजारसहित मेलम्ची (इनद्रावती) नदी किनारका बाहुनेपाटी, सिपाघाटमा बस्ती खाली गराउन थालिएको हो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार