अस्तित्व खोज्दै गएँ च्यातिएको पानाहरुमा
भोक हाँसिरह्यो उपाय पाई दानाहरुमा।
वेदना उकासिरहन्थ्यो न्यायको माग संगै
उजुरी पठाउँदै गरे ति ठेगानाहरुमा।
कहिल्यै एक्लो थिएन सदाचारी भावहरु
हौसला छताछुल्ल थियो दुःखी छानाहरुमा।
झस्काइरह्यो तिक्त ति वचन वाणहरुले
ईखको आशिष बर्स्यो भोगेका तानाहरुमा।
हृदयचक्षु हौस्याइरन्छ भित्री आँखा खोल्न
सन्तोष पाएँ मैले उपलब्धि मानाहरुमा ।
शर्मिला श्रेष्ठ,ललितपुर
हाल अमेरिका
प्रतिक्रिया दिनुहोस