२०८१ कार्तिक ९, शुक्रबार | Fri, 25, Oct, 2024

हत्या आरोपमा श्रीमान् र देवर पक्राउ


२१८२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ अषाढ १३, आईतबार मा प्रकाशित ३ साल अघि
  • जनकपुरधाम– महोत्तरीको लोहरपट्टी नगरपालिका – ७ की सुजिता ठाकुरको हत्या आरोपमा उनका श्रीमान् र देवर पक्राउ परेका छन् ।

    आइतबार महोत्तरी प्रहरीले सुजिताको हत्या भएको केही प्रमाण फेला पारेपछी उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाइएको हो ।

    महोत्तरीका प्रहरी उरीक्षक प्रकाश विष्टले मृतक सुजिताका श्रीमान् मुकेश ठाकुर र देवर रुपेश ठाकुरलाई लुकिछिपी रहेको अवस्थामा पक्राउ गरिएको जानकारी दिए ।

    घर नजिकैको खेलमा उत्खनन् गर्दा झण्डै महिना दिनदेखि बेपत्ता सुजितालाई हत्या गरी गाडिएको अवस्थामा केही प्रमाणहरू प्रहरीले भेट्टाएको थियो ।

    गत जेठ २० गतेदेखि सुजिता बेपत्ता भएकी थिइन् । झण्डै २३ दिनपछि महोत्तरी प्रहरीले उनको आफ्नै खेतमा (घरदेखि करिब डेढ किलोमिटर टाढा) उत्खनन् गर्दा हत्या भएको केही प्रमाणहरू फेला परेको हो । खेतमा उत्खनन् गर्दा कपाल, रगतले रातो भएको माटो, मलखाद र नुन भेटिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार