२०८१ मंसिर १२, बुधबार | Wed, 27, Nov, 2024

किर्ते नागरिकता सिफारीस गर्ने वडा अध्यक्षलाई प्रहरीले झ्याप


२६७९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ अषाढ २०, आईतबार मा प्रकाशित ३ साल अघि
  • २० असार, काठमाडौं । छोरी ज्वाइँलाई छोरो बनाएर किर्ते गरी नागरिकता दिलाएको आरोपमा दाङमा वडाध्यक्षसहित तीनजना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा राजपुर गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष भिमबहादुर खड्का, सोही वडाका भिमबहादुर कामी र उनकी छोरी सुशीला विक छन् ।

    उनीहरु तीनै जनालाई आइतबार अपराह्न नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाइएको इलाका प्रशासन कार्यालय लमहीका प्रमुख प्रेमबहादुर खवासले जानकारी दिए ।

    श्रीमान-श्रीमती बने दाजु-बहिनी

    स्थानीयले किर्ते नागरिकतबाारे उजुरी गरेपछि अनुसन्धान गर्दा भिमबहादुर कामीले छोरी ज्वाइँ अर्जुन विकलाई आफ्नो दिवंगत छोरो लिलाराम विकको नामबाट नागरिकता दिलाएको खुलेको खवासले जानकारी दिए । २०७५ साल असोज ४ गते इलाका प्रशासन कार्यालय लमहीबाट जारी भएको नागरिकतामा खवासकै हस्ताक्षर छ ।

    ‘कागजपत्र हेर्दा शंका गर्ने ठाउँ कतै देखिँदैन,’ खवासले भने, स्थानीयले तीन दिन अगाडि उजुरी गरेपछि बुझ्दै जाँदा त ज्वाइँलाई छोरो भनेर नागरिकता दिलाउन सिफारिस गरेको पाइयो ।’ यसरी नागरिकता लिएपछि अर्जुन र सुशीला श्रीमान–श्रीमती भए पनि कागजपत्रमा उनीहरु दाजु–बहिनी बनेको पाइएको छ ।

    यो काममा भिमबहादुरकी छोरी सुशीला मुख्य मतियारको रुपमा संलग्न भएको पाइएको खवासले बताए । नागरिकता सिफारिस गरेकाले वडाध्यक्ष खड्कालाई पनि नियन्त्रणमा लिइएको र उनले गल्ती स्वीकार गरेको खवासले बताए ।

    किर्ते नागरिकतामा लिलाराम विक नाम राखेका अर्जुन विक हाल वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरबमा रहेको सुशीला बताएको उनले बताए । सुशीलाले चितवन घर भएका अर्जुनसँग बिहे गरे पनि घरको पूरा ठेगाना थाहा नभएको वयान दिएकी छन् ।

    यद्यपि चितवन प्रशासनसँग पनि समन्वय गर्दै नागरिकता खारेजको प्रक्रियाका लागि जिल्ला प्रशासन कार्यालयमा पठाइने इलाका प्रशासन कार्यालय लमहीका प्रमुख खवासले बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार