२०८१ मंसिर १२, बुधबार | Wed, 27, Nov, 2024

पानी जमेको खाल्डोमा डुवेर ५० बर्षिय पुरुषको मृत्यु


३१८४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ अषाढ २४, बिहिबार मा प्रकाशित ३ साल अघि
  • २४ असार, जनकपुरधाम । ग्राभेल झिक्न खनिएको खाल्डोमा जमेको पानीमा डुबेर सर्लाहीमा एक जनाको मृत्यु भएको छ । बागमती नगरपालिका–३ घर भई लालबन्दीमा काम गर्दै आएका ५० वर्षीय वीरबहादुर वाइबाको डुबेर मृत्यु भएको हो ।

    लालबन्दी नगरपालिका–१५ स्थित चौरीमा ग्राभेल निकालेको आठ फिट गहिरो खाल्डोमा जमेको पानीमा डुबेर बिहीबार उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता माधवप्रसाद बुढाथोकीले बताए । मृतकको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवा पठाइएको उनले बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार