२०८१ मंसिर १२, बुधबार | Wed, 27, Nov, 2024

अझै बनेन बनेपा–पनौती सडक, नागरिकलाई सास्ती


३२४६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ अषाढ २८, सोमबार मा प्रकाशित ३ साल अघि
  • नारायण सापकोटा/रघुनाथ हुमागाई
    काभ्रे। काभ्रेको बनेपाबाट पनौती जाने सडक बर्षौ देखि लथालिङ्ग अलपत्र अबस्थामा रहेको बनेपा–पनौती सडक बन्न नसक्दा नागरिकहरुमा आक्रोस बढेको छ ।

    खाल्डा खुल्डी र सडक जिर्ण बनेपछी मर्मत कार्य अगाडी बढाइएको सडकमा ठेकेदारले ढिला सुस्ति रुपमा काम गरे सँगै सडकको काम कछुवाको गतिमा अगाडी बढेको छ । यस सँगै नागरिकहरुमा आक्रोस उत्पन्न भएको हो । लामो समय देखि प्रत्येक बर्ष मर्मत सुधारको नाममा बजेट कनिका छरे जसरी छरेसँगै मर्मत हुन नसकेको सडकको विगत २ बर्ष देखि पुर्ण रुपमा मर्मतको कार्य थाले पनि अहिले सम्म बन्न नसकेको हो ।

    स्थानिय रामप्रसाद सापकोटाका अनुसार सडक मर्मतको गति कछुवाको तालमा अगाडी बढेका कारण पनि नागरिकले सास्ती ब्यहोर्नु परेको छ । झन् सडक वरपरका नागरिकहरुले त धुवाँ धुलोका कारण बिरामीनै परेको उनको गुनासो रहेको छ । सडक मर्मतको काम ढिलो भएपनी सरोकारवाला निकायहरु भने मौन नै रहेका छन् । सडकको काम ढिलोहुनुमा नेताहरुको कमजोरी पनि देखिएको एक स्थानियले आरोप लगाए । उनले भने सधैं चुनाबी एडेण्डा त्यो सडक बने पनी कहिले पनि पुरा हुन सकेन ।

    अब चुनाब आउन लागेका कारण पनि सडकको काम ढिलो भएको आशंका होकी भन्न हामीलाई लागेको छ एक स्थानियको गुनासो थियो । निर्बाचनका क्रममा सडक, खानेपानी, शिक्षा लाई मुल एजेण्डाको रुपमा लिएर हिँडेका यस क्षेत्रका नेताहरु अहिले सडकको काम ढिलो हुँदा कोही पनि नबोलेको नागरिकहरुको गुनासो रहेको छ । स्थानिय देबेन्द्र हुमागाईका अनुसार, बर्षेनी सडक मर्मतका नाममा निकासा हुने रकम निर्माण कम्पनी सँग मिलेर कुम्ल्याएर चुप लागेको होकी अथवा नागरिकहरु लाई सास्ती दिन काम ढिलो भएपनी चुप लागेको हो हामीलाई जवाफ चाहिन्छ । प्राय चुनाबमा यस क्षेत्रका अधिकाशं नेताहरुले चुनाव जित्ने गरेका छन् तर पनि यस क्षेत्रको मुल सडकको अबस्थानै यस्तो अबस्थामा रहेको छ । अहिले यस सडकलाई प्रयोग गर्दै आइरहेका यातायातका मजदुरहरुले पनि सडकका कारण सास्ती व्यहोर्नु परेको गुनासो व्यक्त गरेका छन् ।
    पनौती क्षेत्रमा संचालीत बिभिन्न ढुङ्गा तथा रोडा खानीका कारण काभ्रेको व्यस्त सडकको रुपमा रहेको बनेपा–पनौती सडक खण्ड पुर्ण रुपमा मर्मत हुने भएपछी स्थानियहरु खुसी भएका थिए । पनौतीका स्थानीयबासी शिव बस्नेतले वर्षौदेखि जीर्ण अवस्थामा पुगेको बनेपा–पनौती सडक कालोपत्रे हुने खबर पाएको भन्दै खुसी भएका थियौं तर काम ढिला भएपछी दुःख लागेको छ । उक्त सडकको काम अन्र्तगत सडकमा नाली बनाउने, सडक बिस्तार गर्ने, कल्भर्ट राख्ने काम भए पनी मर्मतको ठेक्का पाएको कम्पनीले समयमानै मर्मत नगर्दा सडकका रोडा र माटो थुपारिदिँदा सडकयात्रानै असुरक्षित बनेको गुनासो गरे ।

    बर्षा याम सुरु भएको छ सडकमा माटो र रोडा थुपारिएको छ त्यसको हिलोले गर्दा सडक यात्रा झन् असुरक्षित बनेको छ ।पनौती नगरपालिकाका नगर प्रमु्ख भीमप्रसाद न्यौपानेले भने सडक कालोपत्रे गर्नको लागि सरकारले बजेट विनियोजन गरेको छ तर का मगर्ने क्रममा केही समस्या उत्पन्न भएका कारण ढिलो भएको हुन सक्छ यस विषयमा आफुले सरोकारवाला सँग भनिसकेको बताए । बजेट विनियोजन भइसकेको छ ।

    वर्षौदेखि बिग्रिएको उक्त सडक कालोपत्रे हुने बताए पनि केही वर्षअघि कालोपत्रे गरिएको सडक जीर्ण बन्दा सडकमा यात्रा गर्ने यात्रुहरु तथा चालक तथा सडक आसपास रहेका स्थानीयबासी पीडित भएका थिए । त्यो समयमा भन्दा पनि अहिले बर्षातको समय सुरु भएका कारण सडक र्जिण बनेपछी झन् जिर्ण बनेको छ । पछिल्लो समय मर्मत सुधारका लागि बनेपा–पनौती सडक खण्ड १६ करोड ७५ लाख रुपियाँ बजेट विनियोजन भएको बताइएको छ ।
    सडक डिभिजन कार्यालय भक्तपुरका अनुसार बनेपा–पनौती सडक खण्डको ६ किलोमिटर दूरीको सडकमा पक्की नाली, रिटेनिङ वाल र विभिन्न स्थानमा ड्रेन बनाउन काम र सडक बिस्तार गरिएको स्थानहरुमा ग्राभेलिङ गर्ने काम सकिएको छ ।

    लक डाउनका कारण पनि काम ढिला भएको आभास नागरिकहरुमा परेको हुन सक्छ । सडकमा सब–बेस हाल्ने, बेस हालेर कालोपत्रे गर्ने काम बाँकी नै रहेको छ । सडक डिभिजन कार्यालय आफु पन्छिन नेपाल विद्युत प्राधिकरण र टेलिकम लाई दोष लगाएको छ । सडकमा रहेका बिद्युतका पोल हटाउने र तारहरु ब्यवस्थित गर्ने काम समयमा नहुँदा समस्या आएको हो । मर्मत सकिए पछी उक्त सडक अहिले ११ मिटरको बन्ने बताइएको छ ।
    सडक डिभिजन कार्यालयले सडकमा गुड्ने मालवाहक सवारी साधनलाई लक्षित गर्दै त्यही अनुरुप कालोपत्रे गर्ने सोच बनाएको सडक डिभिजन कार्यालयले बताएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार