२०८१ मंसिर १२, बुधबार | Wed, 27, Nov, 2024

वातावरणमैत्री नगरको लागि उज्यालो नेपालको अग्रसरता  


२८८१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ श्रावण १८, सोमबार मा प्रकाशित ३ साल अघि
  • काभ्रे, पाँचखाल – काभ्रे जिल्लाको पाँचखाल  नगरपालिकाले नगरलाई वातावरणमैत्री नगर बनाउन सडकछेउमा वृक्षारोपण कार्य सुरु गरेको छ ।

    खावा हनुमान गडी  सडक खण्ड अन्तर्गत पाँचखाल नगरपालिकाको वडा नं. ५ को खावा बजार बाट सुरु हुने पिच सडकमा दायाँवायाँ वृक्षारोपण सुरु गरिएको हो । वातावरणमैत्री पाँचखाल नगर बनाउने अभियान अन्तर्गत उज्यालो नेपाल सँगको सहकार्यमा बजार क्षेत्रमा सडकको दायावायाँ अशोकाका बिरुवा रोप्न थालिएको छ ।

    बृक्षारोपन कार्यक्रममा नगर प्रमुख महेस खरेल तथा वडा नं.५ का वडा अध्यक्ष बाल कृष्ण सापकोटा संयुुक्त वृक्षारोपण कार्यको सुरुवात गर्नुभएको थियो । आफूहरु निर्वाचित भएदेखिनै वातावरणमैत्री नगरपालिका बनाउने प्रतिवद्धता अनुसार काम गरिरहेको र त्यसैको निरन्तरता स्वरुप सडकको दुबैतर्फ वृक्षारोपण थालिएको खरेलले बताउनु भयो ।

    वातावरणमैत्री पाँचखाल बनाउने अभियानमा साथ दिएकोमा उज्यालो नेपाल र टेम्पल प्लाजा डिपबोरीङ खानेपानी तथा सरसफाइ समिति लाई धन्यवाद दिनुभयो । नगरपालिकाले सबै वडामा एक घर एक धारा  तथा एक टोल एक पोखरी निर्माणको कार्यलाई अभियानकै रुपमा सञ्चालन गरेको बताउनु भयो । उज्यालो नेपाल र टेम्पल प्लाजा डिपबोरीङ खानेपानी तथा सरसफाइ समितिको सहयोगमा रोपिएका बिरुवा संरक्षणको जिम्मा नगरपालिकाले लिने बताउनु भयो ।

     

    कार्यक्रममा पाँचखाल  नगरपालिकाका उप—प्रमुख लक्ष्मी दनुवार, उज्यालो नेपालका अध्यक्ष प्रभाकर  महर्जन , पाँचखाल नगर प्रवक्ता संजय लामा , वडा अध्यक्ष बाल कृष्ण सापकोटा ,नेपाली कांग्रेसका नेता सर्म राज गिरी, बुद्धिजीवी,समाजसेवी लगायत को उपस्थितीमा  वृक्षारोपण भएको  थियो । उक्त कार्यक्रममा टेम्पल प्लाजा डिपबोरीङ खानेपानी तथा सरसफाइ समितिले बितरण गरेको धारा पाँचखाल नगरपालिकाको उप—प्रमुख लक्ष्मी दनुवार ,उज्यालो नेपालको अध्यक्ष लगाएत सहभागी अतिथिले धारा खोलेर  कार्यक्रम सम्पन्न भएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार