२०८१ मंसिर १२, बुधबार | Wed, 27, Nov, 2024

पाँचखालमा वडा भेला सम्पन्न, एमालेका विद्यार्थी नेता माओवादीमा प्रवेश


२३९७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ श्रावण २७, बुधबार मा प्रकाशित ३ साल अघि
  • नेकपा (माओवादी केन्द्र) पाँचखाल नगरले वडाहरुको भेलालाई तीब्रता दिएको छ । पार्टी केन्द्रले साउन ३० गते भित्र देशैभरिको वडा भेला गर्न सर्कुलर जारी गरेसँगै पाँचखाल नगरले पनि भेलालाई तीब्र बनाएको हो ।

    सोही क्रममा नगरले वडा नं. २ र ११ को भेला आज सम्पन्न गरेको छ । २ नं. वडा मा जवसहरुको भेला समेत सम्पन्न गरेको नगर संयोजक रामगोपाल भुजेलले जानकारी दिएका छन् ।

    भेलाले वडा नंं २ को अध्यक्षमा सन्तबहादुर तामाङ, उपाध्यक्षमा विदुर खतिवडा, सचिवमा सन्तमान तामाङ र कोषाध्यक्षमा वलराम मिश्रा सहित २९ सदस्यीय वडा कमिटी गठन गरेको छ । यसैबीच वडा नं. २ को मोहन बहादुर केसीको संयोजकत्वमा ८ सदस्यीय पार्टी सल्लाहकार समिति समेत गठन गरेको छ ।

    वडा नं. २ अन्तर्गत युवाको इन्चार्जमा कृष्ण पराजुली, संयोजकमा आकास श्रेष्ठ र सचिवमा रवि तिमल्सिना सहित २२ जनाको वडा कमिटि गठन भएको छ ।अखिल (क्रान्तिकारी) को विवेक खतिवडाको संयोजकत्वमा १३ सदस्यीय वडा कमिटी निर्माण गरेको छ । अखिल नेपाल महिला संघ क्रान्तिकारीको अध्यक्षमा कान्छी रम्तेल, उपाध्यक्षमा माया तामाङ, सचिवमा ललिता चौंलागाईं, कोषाध्यक्षमा तारा तामाङ सहित ९ सदस्यीय वडा कमिटि गठन भएको छ ।

    कार्यक्रममा प्रमुख अतिथि जिल्ला अध्यक्ष रुकु चौंलागाईं, विशेष अतिथि आइतसिं तामाङ, जिल्ला सदस्य नारायण ढकाल, नगर संयोजक रामगोपाल भुजेल, महिला नेता गीता भट्टा, किसान नेता भरत श्रेष्ठ, विद्यार्थी नेता उर्मिला तामाङ, पत्रकार कुमार गौतम, जिल्ला सल्लाहकार तिलकराम सापकोटा लगायतका सहभागी थिए ।

    भेला आयोजक समितिको इन्चार्ज पुण्यप्रसाद चौंलागाईंको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य भेला आयोजक समिति संयोजक करुणा तामाङले राखेका थिए भने सञ्चालन सन्तमान तामाङले गरेका थिए । १३ वटा वडा रहेको यस नगरको वडा भेला भदौ १५ गतेसम्मा सम्पन्न गरिसक्ने संयोजक भुजेलले जानकारी दिए ।

    भेलामा एमाले परित्याग गरि माओवादी केन्द्रमा ४ जना प्रवेश गरेका छन् । प्रवेश हुनेहरुमा एमालेका संगठीत सदस्य तथा अनेरास्ववियूका नेता रवि तिमल्सिना लगायतका रहेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार