२०८१ मंसिर १२, बुधबार | Wed, 27, Nov, 2024

माओवादी केन्द्र पाँचखाल–१ को वडा भेला सम्पन्न


२८५३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ श्रावण २९, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • काभ्रे, पाँचखाल । नेकपा (माओवादी केन्द्र) को स्थानिय तहमा अभियानको रुपमा सञ्चालन गरेको वडा भेलालाई निरन्तरता दिईएको छ । सोही अनुसार पाँचखाल नगरपालिका वडा नंं. १ को वडा भेला विहिबार एक कार्यक्रमका बीच सम्पन्न भएको छ ।

    भेलाले जयबहादुर तामाङको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटि गठन गरेको छ । नवनिर्वाचित वडा सविचमा आइतराम तामाङ, कोषाध्यक्षमा सुनिलकुमार बजगाईं र सदस्यहरुमा रेशम तामाङ, जीवन तामाङ, लालबहादुर तामाङ, भाबु तामाङ, अष्टबहादुर तामाङ, इन्द्रबहादुर तामाङ, बतनबहादुर तामाङ, सुविन घ्लान तामाङ, बहादुर सिं तामाङ, विशाल तामाङ, देवराज तामाङ, कान्छी दमीनी, सानुमाया तामाङ, मंगल तामाङ, लक्ष्मी तामाङ, विन्दा दाहाल, सुजन तामाङ, नवराज तामाङ, एकनाथ बजगाईं, निलबहादुर तामाङ, समित्रा तामाङ, सुकुराम तामाङ, मानबहादुर तामाङ, रामबहादुर तामाङ, सुन्दर लामा र आइते तामाङ रहेका छन् ।

    यसैबीच विभिन्न जनवर्गीय संगठनको वडा कमिटी समेत गठन गरेको छ । सोही क्रममा योङ कम्युनिष्ट लिगको अध्यक्षमा असिम तामाङ, उपाध्यक्षमा अक्कलबहादुर तामाङ, अच्यूत तामाङ, सचिवमा सूर्यबहादुर तामाङ रहेका छन् । सदस्यहरुमा ज्ञानबहादुर तामाङ, विष्णु तामाङ, सानुमाया तामाङ, श्यामबहादुर मिजार, ओम लामा, इन्द्रबहादुर तामाङ, दुर्गाबहादुर तामाङ, रामबहादुर तामाङ, प्रकाश मिजार, मोहन तामाङ, विष्णु विक, सानुमाया तामाङ, नवराज तामाङ, आइतसिं तामाङ, सुकराम तामाङ, रेशम तामाङ, लक्ष्मण तामाङ, राम तामाङ र हर्कबहादुर तामाङ रहेका छन् ।

    त्यसैगरी अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को अध्यक्षमा माया तामाङ, सचिवमा सुमित्रा तामाङ, कोषाध्यक्षमा सानुमाया तामाङ रहेका छन् भने सदस्यहरुमा कान्छी दमिनी, एनुका तामाङ, अस्मिता तामाङ, सिता तामाङ, अनिसा तामाङ रहेका छन् । भेलाले विकास तामाङको संयोजकत्वमा अखिल (क्रान्तिकारी)को वडा समिति गठन गरेको छ । समितिको सदस्यहरुमा अनिल तामाङ, लोकमाया तामाङ, इस्यु तामाङ र कान्छी ठकुरी रहेका छन् ।

    माओवादी केन्द्रका जिल्ला सचिवालय सदस्य आइतसिं तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको भेलामा जिल्ला सदस्यहरु चेतप्रसाद गौतम मणि, कुमार ढकाल, नगर संयोजक रामगोपाल भुजेल, मजदुर नेता मिलन मल्ल, विद्यार्थी नेताद्वय शन्त तामाङ र उर्मिला तामाङ, महिला नेता गीता भट्ट, पार्टी जिल्ला सल्लाहकार तिलकराम सापकोटा, सहिद परिवार सदस्य जितबहादुर तामाङ लगायतका अतिथि रहेको थियो । जयबहादुर तामाङको अध्यक्षतामा भएको उक्त भेलामा विष्णु तामाङले स्वागत गरेका थिए भने सञ्चालन उग्रराज तामाङले गरेका थिए ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार