२०८१ मंसिर १२, बुधबार | Wed, 27, Nov, 2024

पहिरोसंगै आएको ढुंगा लागि मोटरसाईकल चालकको मृत्यु


२६०० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ भाद्र १३, आईतबार मा प्रकाशित ३ साल अघि
  • सुशिल बञ्जारा

    काभ्रे । लगातारको अविरल बर्षाको कारण काभ्रेपलाञ्चोक जिल्ला रोशी गाउँपालिका वडा नं. ०७ कटुन्जे स्थित बि.पि. राजमार्ग सडक खण्डमा पहिरो खस्दा मोटरसाईकल चालकको मृत्यु भएको छ ।

    काठमाण्डौबाट जनकपुरतर्फ जाँदै गरेको ज.८.प ७४९० नम्बरको मोटरसाईकलमा पहिरोबाट आएको ढुंगा लाग्दा मोटरसाईकल चालक र सो पछाडी सवार यात्रु समेत सख्त घाईते भएका थिए । घाईतेहरुलाई तत्कालै उपचारको लागि बिपद व्यवस्थापन उद्धारमा खटिएको प्रहरी टोली र स्थानियहरु समेतको सहयोगमा धुलिखेल अस्पताल ल्याईएकोमा उपचारको क्रममा घाईते मध्ये चालकको मृत्यु भएको छ । मोटरसाईकलको पछाडी बसी यात्रा गर्ने घाईतेको उपचार भईरहेको प्रहरीले जनाएको छ ।

    त्यसै गरी अरनिको राजमार्ग स्थित धुलिखेल नगरपालिका स्थित तिरतिरे धारा, पाँचखाल नगरपालिका स्थित खाँवा केराघारी, हनुमानगढी स्थित सडक खण्ड आसपासको रुखहरु ढली र पहिरो आई अबरुद्ध भएको सडक जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको बिपद् व्यवस्थापन उद्धार प्रहरी टोली, स्थानिय र सरोकारवाला निकायहरुको पहलमा हटाई दुबै तर्फ सवारी सुचारु रहेको ।

    वि.पि राजमार्गमा पहिरोसंगै आएको ढुंगा लागि मृत्यु हुनेमा महोत्तरी जिल्ला रामगोपालपुर घर भएका बर्ष २८ को सरोज कुमार साह (मोटरसाईकल चालक मृत्यु) । त्यसैगरी मोटरसाईकलको पछाडी बसी सवार गर्ने धनुषा जिल्ला रामानन्धचोक घर भएका बर्ष ३० को सतिस कुमार साहको उपचार हुदै छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार