सुशील राज गिरी
काभ्रे ,बनेपा ज्याेती लाईफ इन्स्योरेन्स बनेपा शाखाले बिमा गरेको ५ महिना मै क्यान्सर बाट मृत्यु भएका असल मान नापीत काे श्रीमती रुकमनी नापीत लाई मृत्यु दाबी भुक्तानी रकम रुपैया ५ लाख हस्तान्तरण गरेको छ।
मृतकको श्रीमती रुकमनी नापीत लाई बिमाको रकम क्षेत्रीय प्रमुख अम्बिका तिमल्सिना काे उपस्थितिमा बनेपा शाखा प्रमुख रुपेस सापकोटा र बनेपा शाखाका सम्पुर्ण कर्मचारीहरु मिलि बिमा रकम बराबर काे एन आई सी एसिया बैंक काे चेक हस्तान्तरण गरिएको थियोे ।बिमा रकम लिदै बिमीत काे श्रीमती ले याे पीडा काे घडीमा बिमा रकम दिएर हाम्रो घाउमा मलम लगाएको मा ज्याेती लाईफ ईन्स्याेरेन्स परिवार लाई धन्यवाद दिनु भएको थियोे ।
मृतक नापित काे श्रीमती ले घर काे अभिभावक र परिवारलाई हेरचाह गर्ने ब्यत्ती काे अभाव महसुस गरेकाे बेला ज्याेती लाईफ ईन्स्याेरेन्स ले ठुलो गुन लगाएको बताईन ।मेराे श्रीमान मर्नु हुन्छ जस्तो लागेकै थिएन घरमा हटा कट्टा बलियाे हुनुहुन्थ्यो मर्छु भनेर त बिमा गर्नु भएको हाेईन ,मेराे श्रीमान ले तर आज पनि हामी वहालाई सम्झन्छाै परिवार लाई कति माया गर्नु हुन्थ्यो भनेर मलाई त बचत गरेकाे मात्र भन्नू भएको थियोे तर त्यो बचत बिमा रैछ ।
मृतक नापित काे श्रीमती ले कार्यक्रम मा सबैलाई अरु काम भन्दा पहिला बीमा गर्नु आवश्यक रहेको र बिमा काे लागि ज्याेति लाईफले काभ्रे जिल्लामा धैरे जनताको विश्वास जित्न सफल भएको भन्दै बिमा कम्पनी का कर्मचारी र कम्पनी लाई आभार व्यक्त गर्नुभएकाे थियोे ।बिमा रकम हस्तान्तरण गर्दै बनेपा शाखा प्रमुख रुपेस सापकोटाले बीमाको महत्वबारे प्रकाश पार्नुको साथै कम्पनीले दाबी भुक्तानी छिटो र सहज तरिकाले गरेको बताए ।बिमा रकम प्राप्त गरे लगत्तै रकमनी नापीत ले याे बचत परिवार काे लागि भनेर आफ्नो बिमा ज्याेती लाईफ ईन्स्याेरेन्स मा गर्नु भएकाे थियो ।
प्रतिक्रिया दिनुहोस