२०८१ भाद्र २३, आईतबार | Sun, 08, Sep, 2024

आज काभ्रेमा २४ जनालाई कोरोना पुष्टि


२९७० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ भाद्र २२, मंगलबार मा प्रकाशित ३ साल अघि
  • भदौ २२, काभ्रे। काभ्रेमा आज ३० जना संक्रमित निको भएका छन्। आजै जिल्लाभर २४ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ। यस्तै आज जिल्लामा २७५ जना सक्रिय संक्रमित रहेका छन्। हिजोको तुलनामा आज सक्रिय संक्रमित घटेका छन्।

    आज काभ्रेमा थपिएका २४ जना संक्रमित मध्ये पिसिआर परिक्षणबाट बनेपामा ४ जना, धुलिखेलमा ५, पनौतीमा ६, पाँचखालमा २, नमोबुद्धमा १, महाभारतमा १ जना तथा एन्टीजेन परिक्षणबाट पाँचखालमा ३, बनेपामा २ जना रहेका छन्।यसैगरी काभ्रेमा हालसम्म कुल कोरोना संक्रमित संख्या १४ हजार ३५९ पुगेको कार्यालयले जनाएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु