काभ्रे (धुलिखेल) – नेकपा (एकीकृत समाजवादी) काभ्रे जिल्ला इञ्चार्जको जिम्मेवारी संविधानसभा सदस्य कृष्ण प्रसाद सापकोटालाई दिइएको छ ।
नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठकले सापकोटालाई इन्चार्जको जिम्मेवारी दिएको हो । त्यस्तै बैठकले संविधानसभा सदस्य बिदुर सापकोटा र जिल्ला अध्यक्ष टोक बहादुर वाइवाले काभ्रे जिल्ला सह–इञ्चार्जको जिम्मेवारी दिइएको छ ।
बागमती प्रदेशका सांसद लक्ष्मण लम्साललाई बागमती प्रदेश कमिटी सचिव र काभ्रे जिल्ला सह–इञ्चार्जको जिम्मेवारी तोकिएको छ । नेकपा एकीकृत समाजवादी पार्टीको स्थायी कमिटी बैठकले पूर्व सांसद एवं बामपन्थी नेता शिवबहादुर देउजालाई केन्द्रीय अनुशासन आयोगको अध्यक्षमा मनोनित गरेको छ ।
प्रतिक्रिया दिनुहोस