२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

गौतमको विकल्पमा प्रदेश कमिटि न्याउरीमारी पछुतो —पुर्व लडाकु


४५६७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ पौष ४, आईतबार मा प्रकाशित २ साल अघि
  • आइ.आर.के.मैनाली
    काभ्रे । नेकपा (माओवादी केन्द्र) वागमती प्रदेशको प्रथम सम्मेलन सकिएको ९ दिन भईसक्दा समेत पदाधिकारीको टुंगो लगाउन सकेको छैन । सम्मेलनबाट प्रदेश कमिटिको लागि आवस्यक सदस्यहरुको सहमतिकै आधारमा छनोट गरिएपनि पदाधिकारीको टुंगो लगाउन नसक्दा थप अन्योल छाएको छ ।

    नेकपा (माओवादीले) वडा स्तरदेखिकै अधिवेशनमा लोकतान्त्रिक बिधिलाई प्राथमिकता नदिदै सर्व सहमतिबाटै अधिवेशनहरु सक्दै आएको छ । सोही अनुसार प्रदेश कमिटिमा पनि लोकतान्त्रिक बिधि नअपनाउंने गरी सहमतिको आधारमा पदाधिकारी छनोटको लागि कसरतहरु गर्ने क्रममा यति लामो समयसम्म अन्योलता छाएको हो । सहमतिको आधारमा पदाधिकारीको परिपुर्ती गर्ने चलनले गर्दा कार्यकर्ताले रुचाएका, पार्टीमा ठुलो त्याग गरेका, पार्टीका लागि अमुल्य योगदान पुर्याएका र आगामी दिनहरुमा निरन्तर रुपमा पार्टीको हितको खातिर कार्य गर्न सक्ने सक्षम व्यक्तिलाई जिम्मेवारी दिन ढिला गर्दा पार्टीमा समस्या आउन सक्ने बिश्लेसकहरुको भनाई रहेको छ ।

    व्यक्तिगत स्वार्थलाई तिलाञ्जली दिदै आफ्नो घरै नजिकको विद्यालयमा स्थाई शिक्षक भएर कार्य गर्दै रहनुभएका दिनानाथ गौतमले पारीबारीक बिषयमा वास्ता नगर्दै देश र जनताको लागि टाउकोमा कात्रो बाँधेर ०५२ सालबाट सुरुभएको जनयुद्धमा होमिनु भयो । बिभिन्न खाले शारिरिक मानसिक यातनाहरु झेल्दै आफ्नो पारीवारिक पिडालाई नियाल्दै जनताको मुहारमा खुसियाली हेर्ने अपेक्षाका साथ निरन्तर अगाडी बढ्नु भएका गौतमले प्रदेश कमिटिको अध्यक्षमा रहि देश र जनताको हितको खातिर पार्टीको नीति र बिधिलाई अगाडी बढाउने अठोट गर्नुभएको छ । गौतमले अध्यक्षपदको लागि चाहना गर्दै गर्दा सिन्धुपाल्चोकका युवा नेता सरल सहयात्री र दोलखाका युवा नेता विशाल खड्काले पनि अध्यक्ष पदको चाहना राख्नु भएको छ । तीन जना नेताहरुले चाहना राख्दै गर्दा सहमतिको आधारमा बरिस्ट र कनिक्ष्टको बिषयमा पार्टीको जिममेवारी तहले ठोस निर्णय लिन नसक्दा पदाधिकारीको टुंगो लाग्न सकेको छैन । पार्टीमा धेरै नेताहरु सक्षमहुनु राम्रो पक्ष हो, सक्षमकै कारण अध्यक्ष पदको दावा गर्नु सकारात्मक पक्ष हो तर सक्षमहरुको जमातबाट वरिष्टको पहिचान गर्न नसक्नु समस्या हो ।

    प्रदेश कमिटिको पदाधिकारी चयनको क्रममा युवा पुस्तालाई अगाडी बढाउनु पर्छ भन्दै गौतमलाई पछिपार्ने योजनाले समस्या निम्त्याउन सक्छ । गौतम भन्दा बाहेकको नेतृत्वमा प्रदेश कमिटि गठन गर्ने हो भने करिव १५ जना सिनियरहरु वाहिरिनु पर्ने देखिन्छ तर गौतमलाई नेतृत्व दिदा सवै समेटिन सक्ने छ । धेरै दिन सम्म पदाधिकारी चयन गर्न नसकेपछि आज (आईतबार) केन्द्रिय सदस्यहरुको बैठकबाट निश्कर्स निकाल्ने कसरत गरिदै छ । काभे्र जिल्लाबाट प्रदेश कमिटिमा सहभागि भएकाहरुले गौतमलाई अध्यक्ष दिदा अन्य पधाधिकारी नभएपनि हुने आशय व्यक्त गरिरहेका छन् ।
    हाल चौंरीदेउराली गाउँपालिकाका अध्यक्ष रहनु भएका गौतमलाई जनयुद्धको समयमा टाउकाको मुल्य ४० लाख तोकिएको थियो । पूर्वाञ्चलकै साहसिक फौजी आक्रमणका सह–कमाण्डरको भुमिका निर्वा गर्दै अगाडी बढ्दै गर्दा तत्कालीन सरकारले टाउकोको मुल्य ४० लाख तोकेको थियो । प्रहरीले गिरफ्तार गरेर वर्षौं वेपत्ता बनाईएका ज्यूँदा सहीदको रुपमा पूर्वमा परिचित हुनुहुन्छ गौतमलाइ ।

    माओवादीका पुर्व जनमुक्ति सेनाका कमाण्डरले नाम उल्लेख नगर्ने शर्तामा भन्नुभयो “जनताको चाहना अनुसार, नेपाली जनताको समस्यालाई उजागर गर्दै जनताकै झुपडिमा बसेर नेपाल र नेपालीको हितको लागि योजना बनाएर अगाडी बढेको माओवादीका माथिल्लो तहका जिम्मेवारी सम्हाल्दै रहेका नेताहरुले नेता तथा कार्यकर्ताको सहि मुल्यांकन गर्न नसक्दा शान्तिकाल पश्चात पनि पहिलो पार्टी भएको माओवादी केन्द्रको हालको अवस्था आएको हो ।

    “उहाँले थप्नुभयो नेता तथा कार्यकर्ताको योगदान र क्षमता साथै त्याग बिषयमा अध्ययन नगरी माथिल्लो नेताहरुको अगाडी पछाडी घुमिरहनेहरु, औसरबाद, खुराफातीमा तल्लिन व्यक्तिहरुलाई जिम्मेवारी दिंदा सक्षम व्यक्तिहरु निरासा भई निश्किृय बस्ता पार्टीको अवस्था खस्किएको हो । पार्टी शक्तिमा रहंदा पेरिसडाडाको पार्टीको कार्यालयमा लागेको भिड, पार्टी प्रवेशको लर्को चानचुने थिएन । तर निर्वाचनमा परिणाक खस्कनुको कारण औसरबादीको लर्को पेरिसडाँडामा, निष्ठाका राजनीति गर्ने त्यागी नेता तथा कार्यकर्ता ओझेलमा पर्दा “हात्ति आयो हात्ति आयो फुस्सा” । बिगत लामो समएदेखि पार्टीमा गरेको योगदान साथै पार्टीको नीति र बिधिलाई निरन्तर रुपमा पछ्याउन सफल गौतमको बिकल्पमा प्रदेश कमिटि निर्माण गर्नु भनेको पार्टीको लागि न्याउरी मारी पछुतो सावित हुने माओवादीका पुराना नेताहरुको दावि रहेको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार