२०८१ मंसिर १२, बुधबार | Wed, 27, Nov, 2024

माओवादी केन्द्र,बागमती प्रदेशमा दिनानाथ र सहयात्री चुनावी मैदानमा, दिनानाथको संभावना प्रवल


४५०८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ पौष ५, सोमबार मा प्रकाशित २ साल अघि
  • ५ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रको बागमती प्रदेश कमिटीको नेतृत्व चयनमा सहमति नजुटेपछि निर्वाचन हुने भएको छ । सोमबार मध्याह्न अनुपम फुडल्याण्ड बत्तीसपुतलीमा निर्वाचनको तयारी गरिएको छ ।

    बागमती प्रदेशको अध्यक्षमा सुरुमा ६ जनाले दाबी गरेका थिए । सोमबारसम्म आइपुग्दा काभ्रेका दिनानाथ गौतम र सिन्धुपाल्चोकका सरल सहयात्री पौडेलबीच प्रतिस्पर्धा हुने देखिएको छ । अध्यक्षका एक दाबेदार भक्तपुर डिपी ढकालले सरल सहयात्रीलाई समर्थन गर्ने निर्णय गरेका छन् । अर्का दाबेदार विदुर खड्काले अध्यक्षको दाबी छाडेर कोषाध्यक्षमा उम्मेदवार बन्ने जनाएका छन् ।

    खड्काले अध्यक्षसहित नौ जना पदाधिकारी निर्वाचनबाट चयन हुने बताए । प्रदेश कमिटीमा अध्यक्ष १, उपाध्यक्ष ३, सचिव १, सहसचिव ३ र कोषाध्यक्ष १ जना रहेको पदाधिकारी छ । बागमती प्रदेश सम्मेलन गत शनिबार उदघाटन भएको थियो । अध्यक्ष प्रचण्डसमेतको सहभागितामा नेतृत्व चयनमा सहमतिको प्रयास गरिएको थियो । तर सहमति नजुटेपछि ३० सदस्य पछि मनोनयन गर्ने गरी २४५ सदस्यीय कमिटीमात्र सार्वजनिक गरिएको थियो । ३० सदस्य मनोनित नभइसकेकाले निर्वाचनमा तिनै २४५ सदस्यहरुले भाग लिने खड्काले बताए ।

    सहमतिय आधारमा पदाधिकारी चयन हुन नसकेपछि निर्वाचन प्रकृया अगि बढ्ने भएको छ । निर्वाचन प्रकृयाबाट अगि बढ्दा कुल मतदाता २४५ मध्य १५० भन्दा बडि दिनानाथको पक्षमा भएको बिष्लेसकहरुले बताएका छन् । दिनानाथको विगत लामो त्याग र योगदान साथै पुरानो नेता भएकाले अध्यक्ष भन्दा तल्लो पदका लागि रहन अन्य लाई समस्या नपर्ने तर सरल सहयात्रीको अध्यक्षतामा कमिटि गठन हुंदा पुराना नेताहरुलाई समेट्न समस्या पर्ने देखिन्छ । सरल पक्षका मतदाताहरुले युवाको नेतृत्वमा कमिटि गठन हुनुपर्ने अडान राख्दै आएपनि अधिकांसको चाहना पुराना अनुभविको नेतृत्व हुनुपर्ने बताउंदै आएका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार