२०८१ मंसिर १२, बुधबार | Wed, 27, Nov, 2024

गैडाको खागसहित पाँच काभ्रेली पक्राऊ


३१५७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ पौष ५, सोमबार मा प्रकाशित २ साल अघि
  • काभ्रे । गैडाको खाग अवैध रुपमा बिक्रिमा सहभागि भएको अभियोगमा ५ जना काभ्रेलीलाई प्रहरीले पक्राउ गरी आवस्यक अनुसन्धान प्रक्रिया अगाडी बढाएको छ ।
    महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौको बौद्धबाट गैडाको खाग सहित पक्राउ गरेको प्रशरीले जनाएको छ ।
    प्रहरीका अनुसार १ किलो १० ग्राम तौल भएको उक्त खाग सहित काभ्रे पाँचखाल नगरपालिकाका वेदवहादुर दनुवार, सोहन कार्की र राजन गिरी, बेथानचोक गाउंपालीकाका विरमान तमाङ, खानिखोला गाउंपालिकाका भिम तमाङ र सिन्धुलि घर भई काठमाडौ बौद्ध बस्ने भिम वहादुर थिङ समेतलाई प्रहरीले पक्राउ गरेको जानकारी प्राप्त भएको छ ।
    पक्राउ परेकाहरुलाई थप अनुसन्धानको लागि जिल्ला डिभिजन बन कार्यालय हात्तीसार पठाएको जानकारी प्राप्त भएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार