२०८१ मंसिर १२, बुधबार | Wed, 27, Nov, 2024

भोली पुस १५ गते सार्वजनिक विदा दिने सरकारको निर्णय


२७६३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ पौष १४, बुधबार मा प्रकाशित २ साल अघि
  • १४ पुस, काठमाडौं । सरकारले भोलि पुस १५ गतेको तमु ल्होसारका लागि सार्वजनिक विदा दिने निर्णय गरेको छ ।  मन्त्रिपरिषद बैठकले विदा दिने निर्णय गरेको हो ।

    तर निर्णय हुनुअघि नै सामाजिक सञ्जालमा सार्वजनिक विदा हुने भनी गलत सूचना प्रवाह भएको गृह मन्त्रालयका प्रवक्ता प्रदीप कोइरालाले बताए । उनले भने, ‘भर्खरैको मन्त्रिपरिषद बैठकले मात्रै यो निर्णय गरेको हो ।’

    २०७७ साल चैत ९ गते प्रकाशित राजपत्रमा तमु ल्होसार सार्वजनिक विदा हुने चाडको सूचीमा थिएन । त्यो सूचनामा सम्बन्धित धर्म संस्कृती मान्ने समूदायलाई मात्रै विदा हुने भनी उल्लेख थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार