२०८१ मंसिर १२, बुधबार | Wed, 27, Nov, 2024

शिरका स्वास्थ्कर्मीहरुले मायाँ बाड्दै, काभ्रेको जेठो अस्पतालले समुदायलाई ठुलो गुन लगाएको छ—अधिकारी


२६८९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ पौष १५, बिहिबार मा प्रकाशित २ साल अघि
  • आर.एल.श्रेष्ठ
    काभ्रे, बनेपा । आज भन्दा ६१ बर्ष अगाडी काभ्रेको बनेपा घोगेचौरमा स्थापना भएको शिर मेमोरिएल अस्पतालमा कार्यरत स्वाथ्यकर्मीहरुको आयोजनामा हामी मायाँ बाड्छौं भन्ने कार्यक्रमको आयोजना गरेको छ ।

    आज (विहिबार) बनेपा नगरपालीका वडा नं  ५ मा रहेको हिमालय माध्यमिक विद्यालयमा Love Sharing कार्यक्रम गर्दै एक आपसमा माया बाढ्नुका साथै ज्ञान, सिपहरु बाढ्ने कार्यहरु भएको छ ।

    क्रिस्मसको अवसर पारेर गरिएको उक्त कार्यक्रममा क्रिस्मसको उपलक्षमा शुभकामना आदान प्रदानको साथै अस्पतालले समुदाएलाई गर्नुपर्ने माया, समुदायले अस्पताललाई गर्नुपर्ने सहयोग, बिश्वमा फैलिएको कोभिडको महांमारीमा जोगिने र जोगाउने तरिका, अस्पतालको सरसफाई साथै स्वास्थ्यकर्मीहरुले गर्नुपर्ने दायित्वको बारेमा जानकारी गराईएको थियो ।

    कार्यक्रमका प्रमुख अतिथि वनेपा नगरपालिका वडा नं ५ का वडा अध्यक्ष वलराम अधिकारीले काभ्रेको जेठो अस्पतालको रुपमा रहेको शिर मेमोरिएल अस्पतालले समुदायमा निकै ठुलो गुन लगाएको बताउनु भयो । अस्पलालले उपचारको क्रममा समाजमा न्युन आएस्रोत भएका व्यक्तिहरुलाई उपचारमा छुट गराउने साथै समुदाएमा रोग लागेर उपचार गर्नु भन्दा पनि रोगनै लाग्नबाट जोगाउने अभियान गरेको बताउनु भयो । बिगत ६१ बर्ष देखिनै अस्पताल परिवार र समुदाय एक आपसमा नङ्ग र मासुको सम्बन्ध कायम राख्दै अगाडी बढेकोमा आगामी दिनहरुमा विगतलाई निरन्तरता दिदै थप एक ढिक्का भएर अगाडी बढ्ने वातावरण निर्माण गर्न आफु तयार रहेको बताउनु भयो । क्रिस्चियनहरुको महान पर्बको रुपमा मनाईएको क्रिस्मसको अवसरमा सामाजिक हितको लागि चेतनामुलक कार्यको आयोजना गरेकोमा अस्पतालका स्वास्थ्यकर्मी परिवारप्रति आभार व्यक्त गर्नुभयो ।

    त्यसैगरी कार्यक्रममा अस्पतालका प्रमुख (सि.इ.ओ) डाक्टर हेक्टले अस्पतालको तर्फबाट समुदाएलाई गर्नुपर्ने मायाँमा कुनै कमी हुन नदिने बताउनु भयो । उहाँले थप्नुभयो समुदायलाई मात्रै नभै अस्पतालमा कार्यरत सम्पुर्ण स्वास्थ्यकर्मीहरुलाई साथै विरामीहरुलाई समेत मायाँ गर्ने आफ्नो कर्तव्य रहेको बताउनु भयो । विरामीको उपचार गर्ने बिषयमा हामी सम्पुर्ण दत्तचित्तका साथ लाग्छौं, तर बिरामी परेर उपचार गर्नुभन्दा विरामी हुनै नदिने बिषयमा समुदायसंग हातेमालो गर्दै अगाडी बढ्ने बताउनु भयो ।

    शिर मेमोरीएल अस्पतालका नर्सिङ्ग डाईरेक्टर उमा थापाले सभापतित्वको आसण ग्रहन गर्दै कार्यक्रम आयोजना गर्नुको उद्देश्यमाथी प्रकास पार्नुभएको थियो । उहाँले भन्नुभयो समुदाएको हितको खातिर साथै अस्पतालको बिकासको लागि स्वाथ्यकर्मीहरुले खेल्नुपर्ने भुमिकाको बारेमा चर्चा गर्नुभयो । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुको सेवा सुबिधा साथै हौसला र एका आपसमा भएका ज्ञान र सिप आदान प्रदान गर्ने कार्यको लागि कार्यक्रमको आयोजना गरेको बताउनु भयो ।
    कार्यक्रममा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरु निकिता दंगाल, सुमिना श्रेष्ठ, निस्मा बस्नेत, अस्मिता दाहाल, सजना शाही, संगिता तामाङ र सप्रिना श्रेष्ठ समेतले कोभिड १९ संग जोगिने तरिका, सरसफाई र सन्तुलित भोजनको बारेमा कार्यक्रममा सहभागिहरुलाई प्रशिक्षण दिनुभएको थियो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार