२०८१ मंसिर १२, बुधबार | Wed, 27, Nov, 2024

पाँचखालकै उत्पादनबाट आलु चिप्स र सस बन्दै


३५१८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ पौष १८, आईतबार मा प्रकाशित २ साल अघि
  • काभ्रे,पाँचखाल । विगत ३० बर्षदेखि पाँचखाल र आसपासका क्षेत्रमा धेरै योगदान पुर्याउंदै आएको लवग्रिन नेपालले नगरवासिहरुलाई स्वोरोजगार वनाउने उद्देस्यले तालिम प्रदान गरेको छ ।

    सानो पुँजी साथै घरमै वसेर आय आर्जन गर्न सक्ने खालको वातावरण तयार गर्न वातावरण मैत्री एकिकृत दिगो कृषि बिकास परियोजना अन्तर्गत तालिम दिईएको हो । सहकारीमा आबद्ध शेयर सदस्यहरुको उपस्थितिमा प्रदान गरीएको २ दिने कृषि प्रशोधन तालिम शनिबार सम्पन्न भएको छ ।

    उक्त २ दिने तालिममा आलु चिप्स र गोलभेडाको सस बनाउने बिषयमा सहभागिहरुलाई सिकाईएको थियो । पाँचखाल नगरमा संञ्चालित सहकारीहरु मध्य ग्रामीण महिला बिकास बहुउद्देश्यीय सहकारी ,प्रतिष्ठा कृषि सहकारी ,किटिनी कृषि सहकारी र आजाद कृषि सहकारी संस्थाबाट सहभागि भएका थिए ।

    तालिममा खाद्य तथा गुण नियन्त्रण कार्यालय धुलिखेलका नारायण भट्टराईले प्रशिक्षण दिनु भएको थियो । प्रशिक्षण पश्चात सहभागिहरुले भने—स्थानीय निकाय ,तथा अन्य संघसंस्थाबाट सैद्धान्तिक तथा प्राबिधिक सहयोग प्राप्त भएमा आलु चिप्स र गोलभेडाको सस बनाउने ब्यवसाय चलाउन सकिन्छ ।

    तालिमबाट ज्ञान सिकेकाहरुले पाँचखालमै उत्पादन भएको आलु र गोलभेडाबाट आलु चिप्स र सस बन्ने भएको छ । तालिममा सहभागिहरुले हासिल गरेको ज्ञानलाई व्यवहारमा उतार्दै घरैमा बसेर उद्योग संञ्चालन गर्ने जमर्को गरेका छन् ।

    विगत लामो समयदेखि लवग्रिन नेपालले पाँचखाल र आसपासको क्षेत्रमा विकास निर्माण कार्य, वातावरण सुधार कार्य, आइ.पि.एम तरिकावाट तरकारी खेती, हरियाली विस्तार, कृषि योज्ञ जमिनको माटो परिक्षण गरी माटो सुधारको लागि सहकार्य, स्वास्थ्य क्षेत्रमा सहयोग, पशुपालनमा सहयोग, कृषकहरुले गरिने तरकारी खेतिको निरिक्षण साथै समस्या समाधानको लागि प्राबिधिकहरुको व्यवस्था, सडक किनारामा बहुमुल्य जातिको फुलको विरुवा रोप्ने कार्य लगाएतको बिभिन्न खाले सहयोग गर्दै आएका छन् ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार