२०८१ मंसिर १२, बुधबार | Wed, 27, Nov, 2024

१६ जना बिचौलिया प्रहरीको फन्दामा


२५८७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ पौष १९, सोमबार मा प्रकाशित २ साल अघि
  • १९ पुस, काठमाडौं । प्रहरीले यातायात व्यवस्था विभागको गुर्जुधारास्थित कार्यालयबाट १६ जना विचौलियालाई पक्राउ गरेको छ ।

    लाइसेन्स, ब्लुबुकलगायत कागजातहरुको राजस्व तिर्न गएका सर्वसाधारणसँग लाग्ने भन्दा बढी दस्तुर लिन खोजेको र छिटो छरितो काम गरिदिने भनी जबरजस्ती तानातान गरेको गुनासो आएपछि १६ जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

    पक्राउ पर्नेमा चन्द्रागिरि नगरपालिका-६ बस्‍ने २३ वर्षीय सुबिन लामा, चन्द्रागिरि ५का २४ वर्षीय शौरव श्रेष्ठ, चन्द्रागिरीकै २७ वर्षीय राजेश खड्की, चन्द्रागिरिकै २१ वर्षीय रविन कार्की, चन्द्रागिरिका २५ वर्षीय अजय महर्जन र चन्द्रागिरिकै २६ वर्षीय हरिकृष्ण पहरी रहेका छन् ।

    यस्तै धरान बस्‍ने २७ वर्षीय राकु तामाङ, अछाम घर भएका २१ वर्षीय एकेन्द्र बुढा, ओखलढुंगा घर भएका ३८ वर्षीय विरेन्द्र कटुवाल, तनहुँ घर भएका २३ वर्षीय शुसान्त राजभण्डारी, मकवानपुर घर भएका १९ वर्षीय विशाल लामा, रोल्पा घर भएका २३ वर्षीय जीवन मगर, झापा घर भएका २८ वर्षीय विशाल मेचे, ओखलढुंगा घर भएका २१ वर्षीय विवेक न्‍यौपाने, ललितपुर घर भएका ३४ वर्षीय रुद्रबहादुर महत र सिन्धुपाल्चोक घर भएका २१ वर्षीय छिरिङ तामाङ रहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

    सेवा लिन आएका सर्वसाधारणलाई हैरानी दिएको गुनासो आएपछि महानगरीय प्रहरी प्रभाग बलम्बुका प्रहरी निरीक्षको टोलीले उनीहरुलाई पक्राउ गरी महानगरीय प्रहरी वृत्त थानकोटमा पठाएको छ । पक्राउ परेका उनीहरुमाथि अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार