२०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024

एमालेको अधिवेशनमा कस्ले कती मत प्राप्त गरे, विवरण सहित


२६२९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ पौष २७, मंगलबार मा प्रकाशित २ साल अघि
  • नेकपा (एमाले) काभ्रेको १० औं जिल्ला अधिवेशनमा भएको निर्वाचनबाट वागमती प्रदेश सभा सदस्य सांसद चन्द्र लामा उपाध्यक्षमा निर्वाचित भएका छन् । आइतबार भएको निर्वाचनबाट लामा उपाध्यक्षमा निर्वाचित भएका हुन् ।

    लामाले ६ सय ३९ मत ल्याइ दुईजना उम्मेदवारलाई पछि पार्दै जित हासिल गरेका छन् । उनको प्रतिस्पर्धी कञ्चन अधिकारीले ३ सय ९३ मत र हरिशरण दाहालले ३ सय ३१ मत प्राप्त गरेका छन् ।

    यसैबीच सचिवमा राजन भुर्तेलले ७ सय ३७ मत सहित विजयी भएकाछन् भने निवर्तमान उपसचिव इन्द्र तामाङ भुर्तेलसँग ६ सय २६ मत ल्याएर पराजित भएका छन् । अघिल्लो कमिटीमा भुर्तेल सचिवालय सदस्य मात्र थिए भने तामाङ उपसचिव थिए ।

    त्यस्तै उपसचिव पदका दुई जना उम्मेदवारको मत बराबर भएपछि गोलाप्रथाद्वारा राजकुमार सापकोटा विजयी भएका छन् । सापकोटा र कुमार तिमल्सिनाले ३७५।३७५ मद प्राप्त गरेका थिए । त्यसैगरी उपसचिव पदका बाँकी उम्मेदवारहरुमा महेश्वर जंगम ७२, विदुर हुमागाईं २ सय ४ र दिलिप लामाले ३ सय ३७ मत प्राप्त गरेका छन् ।अधिवेशनमा १४ सय ३५ जना प्रतिनिधि रहेकोमा १३ सय ६३ मत खसेको थियो ।

    यस्ताे छ मत परिणाम:

           

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार