आई.आर.के.मैनाली
काभ्रे । मुलुकमा कोरोना संक्रमण बढ्दै गएको भन्दै सरकारले बिद्यालय सञ्चालन नगर्न निर्देशन दिएपनि काभ्रेको चौरीदेउराली गाउंपालिकामा रहेको बिद्यालयहरु निरन्तर रुपमा सञ्चालन हुने भएको छ ।
शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्रालयबाट जारी गरेको बिज्ञप्ति अनुसार पुस २७ गतेबाट माघ १५ गते सम्म विद्यालय बन्द गर्ने उल्लेख भएपनि विद्यार्थीहरुको भविस्यलाई मध्यनजर राख्दै पालीकाले बिद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो ।
गाउंपालिकाले सुचना जारी गर्दै बैकल्पिक बिधिबाट गरिने शिकाई प्रभावकारी नहुने भएकोले प्रत्यक्ष ढंगबाट कक्षा संञ्चालन गर्ने उल्लेख गरिएको छ । सुचनामा भनिएको छ—स्वास्थ्य सुरक्षाका सम्पुर्ण मापदण्ड पुरागरी विद्यालय सञ्चालन गर्ने ।
कोरोनको नाउमा पहिलो निसाना विद्यालयलाई गर्र्दा विगत ३ बर्षदेखि शैक्षिक क्षेत्र तहसनहस भएको छ । जसले गर्दा यो तीन बर्षे अवधिको शिक्षाको गुणस्तर खस्कंदा भागि दिनहरुमा शैक्षिक योग्यता सक्षम भएको व्यत्तिलको अभाव हुने देखिन्छ ।
कोरोनाको जटिल अवस्था आएको स्थानमा विद्यालय लगाएत अन्य भिडभाड हुने स्थानहरु बन्द गर्न जरुरी हुन्छ तर रोगको संक्रमण सामान्य भएको स्थानमा विद्यालय बन्द गर्नु खासै उचित रहन्न । तर सरकारले यस्तो जटिल बिषयमा खासै ध्यान नदिदै कोरोना संक्रमित बढ्ने बित्तिकै पहिलो निसाना देसैभरिको विद्यालयमा लगाउने गरेको छ ।
चौरीदेउराली गाउंपालिकाले विद्यालउय सञ्चालन गर्ने स्थानियहरु हर्सित छन् । गाउंपालिकमा रहेका विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुको भविस्य अन्धकार नहुने साथै शिक्षाको गुणस्तर नखस्किने भन्दै विद्यार्थीहरु फुरुङ्ग हुदै विद्यालयमा स्वास्थ्य मापदण्ड पुर्ण गर्दै विद्यालय जादैछन् । तर शिक्षकहरुले खुलेरै नभनेपनि देसभरिका अन्य बिद्यालयमा अध्यापन गराउने शिक्षकले विद्यालय नगई सेवा सुबिधा पाईरहदा आफुहरुले चाही नियमित रुपमा बिद्यालय जानु पर्ने भनि केही चित्त नबुझेको पाईएको छ ।
प्रतिक्रिया दिनुहोस