२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

मकरमा स्नान गर्नजानेलाई पाहुनाको रुपमा मान्छन् नगरवासिले, शान्त र सुरक्षीत ढंगबाट सञ्चालन भइरहेको छ मकर मेला


७५४६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ माघ १२, बुधबार मा प्रकाशित २ साल अघि
  • आइ.आर.के.मैनाली
    काभ्रे,पनौती। ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्विक नगरको रुपमा परिचित पनौती नगरको त्रिवेणी घाटमा बाह्रबर्षे मेला माघ १ गतेबाट लागेको छ । मकरमेला सुरुहुने केही दिन अगाडीबाट विश्वमा महामारीको रुपमा फैलिएको कोरानाको संक्रमण ह्वात्तै बढेकोले सरकारी निर्णयलाई आधारमानि स्नान गर्ने कार्य भईरहेको छ ।

    मकर मेलालाई भव्य एवं सभ्य ढंगबाट सञ्चालन गर्नको लागि पनौती नगरले महत्वपुर्ण योगदान गरेको छ । नगरले झण्डै ८ करोड बजेटको व्यवस्था गरी धार्मीक क्षेत्रमा अविस्मरणिय ढंगबाट कार्य गरेको छ । भक्तजनहरुले स्नान गर्ने स्थान साथै धरोहर क्षेत्रको मर्मत संभार, सरसफाई, सडकको व्यवस्था, ट्राफि व्यवस्थापन लगाएतको कार्यगरी बेहुली झै चिरिच्याट्ट सिंङ्गारिएको छ धरोहर क्षेत्र ।

    त्रिवेणी घाटहुदै वहने रोशी खोलाको पानीमा कुनैपनि प्रकारको फोहोर तथा धमिलो हुन नदिनको लागि सो खोलाको छेउछाउमा रहेको उद्योगहरुलाई बन्द गरी निर्मल स्वच्छ पानी वहने वातावरण मिलाईएको छ । त्यसैगरी बनेपा नगरको नाला वजार देखी सुरुभई बनेपा बजार हुदै वहने पुण्यमाता खोलाको फोहोर मैलो पानी सो ऐतिहासिक धरोहर क्षेत्रमा मिसिन नदिने व्यवस्था गरीएको छ । पनौती नगरका समपुर्ण जनप्रतीनि एकै ढिक्का भएर मकर स्नान गर्न आउने भक्तजनहरुको स्वास्थ्यमा कुनै समस्या नपरोस साथै स्वास्थ्य मापदण्ड कायम गर्दै भक्तजनहरुले स्नान तथा मन्दिरको दर्शन गर्ने सहज वातावरणले गर्दा भक्तजनहरु निर्धक्कका साथ स्नान गर्ने गरेका छन् ।

    स्थानिय विभिन्न संघ संथाका साथै लायन्स क्लव अफ काठमाडौ इन्द्रेश्वरले स्वयंसेबकहरुको व्यवस्था गरी भक्तजनहरुको सुरक्षा तथा स्वास्थ्य मापदण्ड पालना गराउने बिषयमा ठुलो भुमिका निर्वाह गरीरहेको छ । नगरवासिहरुले मकरमा स्नान गर्नआउनेहरुको सुबिधाको लागि हर प्रकारको प्रयास गरीरहेका छन् । आफ्नो व्यक्तिगत कामहरुलाई थाति राख्दै सांकृतिक धरोहरको संरक्षणको साथै स्नान गर्नआउने भक्तजनहरुलाई पाहुनाको रुपमा सम्मान गर्दैछन् । त्रिवेणिघाटलाई सफाई गर्नकोलागि लिलावति राजकुलोबाट ल्याएको पानीले आलु रोप्न तयार गरेको खेतका गराहरु डुवानमा पर्दापनि कुनै पर्वाह नगरी तिर्थस्थलको संरक्षण साथै भक्तजनहरुको सेवा नगरवासीहरुको कर्तव्य लानि जुटिरहेका छन् पनौतीका नगरवासीहरु । नगरवासिहरुले निस्वार्थ ढंगबाट गरीरहेको सो कार्यले भक्तजनहरुको समेत आँखा खुलेको छ, सामाजिक सेवा कुन ढंगबाट गर्नुपर्ने रहेछ भन्ने ।

    मकरमा स्नान गर्न बिभिन्न स्थानिय तहबाट आउनुभएका जनप्रतीनिधिहरुले पनौतीका जनप्रतीनिधिहरुले गरेको कार्य उदाहरणिय मात्रै नभएर स्थानिय तहकमा रहेको ऐतिहासिक धरोहरहरुको संरक्षणको लागि गर्नुपर्ने कार्यको पाठ साबित भएको छ । त्रिवेणिघाटमा भएको व्यवस्थापन साथै भक्तजनहरुलाई गर्ने व्यवहार अविस्मरणिए रहेको ठम्याएका छन् । पनौती नगरका जनप्रतीनिधि, नगरवासी, बिभिन्न संघ संस्था, राजनैतिक दलहरुले पु¥याएको योगदानले गर्दा विश्वमा फैलिएको महामारी कोरोनाको संक्रमणको अवस्थामा पनि भक्तजनहरुले सहजढंगबाट निर्धक्कका साथ स्नान गर्ने र आफ्नो मनोकांक्षा पुर्ण हुने आशाका साथमा मंदिरहरुमा पुजा गर्ने अवसर जुटेको छ । शमाजिक दुरी कायम गर्दै स्वास्थ्य मापदन्ड पालना गरी २५ जना सम्मको आलो पालो गरी दर्शन गर्ने व्यवस्थाले गर्दा माघ महिना भर नै स्नान गर्न सहज हुने भएको छ भक्तजनहरुका लागि ।

    हिन्दु धर्म ग्रन्थमा उल्लेख भएअनुसार मिथिलामा सुशोभित भएर रहेको ब्रह्मपुरी नाम गरेको शहर थियो त्यहाँ गौतम नाम गरेका तपस्वी सधैं बस्नुहुन्थ्यो । मिठो बोल्ने, प्रतिव्रता, अहल्या नाम गरेकी उनकी पत्नी थिइन् उनी सम्पूर्ण लक्षणले युक्त भएकी र सर्वाङ्ग सुन्दरी थिइन् । पतिव्रता ती अहल्या ऋतुस्नान गरेर फूल टिप्नका निमि एक्लै आनन्दसित बगैंचामा हिँडिरहेकी थिइन् । तिनताका स्वर्गमा उनको गुणको बखान नारदको मुखबाट सुनेर इन अहल्यालई हेर्न त्यस बगैंचामा आए। फूलसित प्रसन्न हुँदै खेलिरहेकी, चन्द्रमाको जस्तो मुख र मृगका आँखाजर आँखा भएकी, साहा स्तनहरू भएकी र मुसुक्क हाँस्ने अहल्यालाई इन्द्रले देख यस स्त्रीसित आनन्दसँग मेरो रतिक्रीडा कहिले होला द्रता अहल्यालाई देखेर मोहित भए र यस स्त्रीसित आनन्दसग त्यसपछि चिन्तित हुँदै इन्द्र त्यसै कटीको नजिकै एकान्त स्थलको खोजीको क्रममा लुकेर बसे। जब भाग बाँकी थियो, त्यसबखत गौतम ऋषि स्नानका सबै सामग्री लिएर एक्लै गङ्गामा स्नान गर्न गए। ऋषिको रूप धारण गरेर गौतमको जस्तो अनुहार र शरीर लिई तिनको कुटीमा पसे । त्यसपछि अहल्यामा भएका गौतम रूपधारी इन्द्रले भने– हे प्रिये ! म अहिले कामवासनाबाट दग्ध छु। त्यसैले ननुहाइकन यह मलाई रति ।

    अहल्याले भनिन् – हे प्रभु । हे भगवन् ! तपाईं आज कसरी यस्तो प्राकृत अर्थात् अज्ञानी , बन्नुभयो ? हे आर्य ! तपाईंको यस्तो क्रियाकलाप यसअघि त देखेकी थिइन । आज तीर्थ ठगिया, मनि ब्रह्ममुहूर्तमा गर्नुपर्ने काम तपाईंले छोड्नुभयो। स्नान, जप र पूजालाई छोडेर तपाईं कसरी कामुक बन्नुभयो । गौतमरूपधारी इन्द्रले भने – तिमीले मलाई यस्तो कटु बोली नबोल किनभने कामुक व्यक्तिलाई कामभोग दिनैपर्छ भनेर शास्त्रमा भनेको छ । हे अहल्या! मलाई कामभोग दियौ भने तिम्रो कल्याण हल्ला कामभोग दिदैनौ भने म तिमीलाई भस्म गर्छ । नेमुनिले भन्नुभयो– त्यसपछि तिनका सरापबाट डराएर अहल्याले नारीप्रकृति अंगालेर तुरुन्त रतिसाद लिन हे ब्राह्मण ! विरूपाक्ष ! तिल बिर्सिएर गौतममुनि तिल लिनका लागि गङ्गाको तीरबाट कुटीमा फर्किए । त्यसपनि रतिक्रीडा सिध्याएर उभिइराखेका इन्द्र र खुट्टा उत्तानो पारेर सुतिरहेकी आफ्नी पत्नीलाई देखेर गौतममुनि रीसले मन परे । के गरेर बसेकी भनेर अहल्यालाई गौतमले झपारे। त्यो देखेर इन्द्र झ्यालको प्वालबाट निस्किएर तुरुन्त भागे । ऋषिले दुवैलाई सराप दिए – तैले मलाई छलिस् र मेरो हेला गरिस्, त्यसकारण तैंले पत्थर हुनुपरोस् । हे इन्द्र कामुक भएर तँले मेरी पत्नीलाई ठगिस्, त्यसैले तेरा शरीरभरि आजदेखि हजार योनीहरू बनून् ।

    यस्तो प्रकारको श्रापबाट मुक्तिको लागि भगवान इन्द्रले पनौती स्थित त्रिवेणी घाटमा आएर भगवान शिवको तपस्या गरी रहनुभयो । भगवान शिव प्रशन्न भई आषिर्वाद दिदा इन्द्रको शरिरभरि भएको योनीहरु हटेर गए । भगवान इन्द्रले शिव (महांदेव)को तपस्या गरेकोले सो स्थानमा रहेको महांदेवको नाम इन्द्रेश्वर महांदेव नाम रहन गएको सास्त्रमा उल्लेख भएको पाईन्छ । मानिसले जान अन्जानमा गरेको पापबाट मुक्तिका लागि पनौती त्रिवेणि घाट स्थित लिलावती र रुदावती नदिको संगम स्थलमा स्नान गरी इन्द्रेश्वर महांदेव, गोरखनाथ लगाएत सो ऐतिहासिक स्थानमा रहेको मन्दिरहरुमा पुजा गर्दा पाप नष्ट हुने जनविश्वास रहेको छ ।

    त्रिवेणि घाट स्थित लिलावती र रुदावती नदिको संगम स्थलको पानीलाई अमृतरुपी जलको रुपमा लिने गरेको पाइन्छ । काठमाडौ स्थित रानीपोखरी निर्माणको क्रममा सो पोखरीको जगमा अभिषेक गर्नको लागि लगेको किम्बदन्तिमा उललेख भएको पाइन्छ । त्यसैगरी ठुला ठुला आयोजना निर्माणको क्रममा होस यात सामान्य घर निर्माणमा समेत सोही स्थानको जलले अभिषेक गर्ने गरेको पाइन्छ । यति धेरै महत्व रहेको सो स्थानमा ठुला ठुला भूकम्पले समेत क्षति पु¥याउन नसकेकोले पनि सो स्थानलाई निकै महत्व दिइदै आएको छ । मकर मेलामा स्नान गर्न पाए कोरोनाको महामारीले समेत केही नहुने भन्दै भक्तजनहरु स्नानको लागि जाने गरेको पाईन्छ ।

    यति धेरै ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्विक नगर पनौती विश्व सम्पदामा सूचीकृत हुन मन्त्रिपरिषद् निर्णयको पर्खाइमा रहेको छ । सूचीकृतको लागि आवश्यक सम्पूर्ण प्रशासनिक प्रक्रियाहरु एक वर्षअघि नै सकेर मन्त्रिपरिदमा ‘फाइल’ पु¥याएको नगरपालिका प्रमुख भिम न्यौपानेले जानकारी गराउनु भउको छ । पनौती नगरपालिका वडा नं –७ विश्व सम्पदामा सूचीकृत गर्न संयुक्त राष्ट्रसङ्घीय अङ्ग (युनेस्को) ले दुई दशक अघिनै प्रस्ताव गरिसकेको थियो । नेपालस्थित मन्त्रिपरिषद्को निर्णय लगत्तै विश्व सम्पदामा सूचीकृत हुने युनेस्कोको नेपालस्थित कार्यालयले समेत जनाएको छ । पनौती नगरलाई विश्व सम्पदामा सूचीकृत गर्ने कार्य गत साल नै अघि बढाइएपछि युनेस्कोको नेपाल प्रमुख क्रिष्टियन मनहर्टले ऐतिहासिक, धार्मिक तथा पुरातात्विक लगायत सम्पदाको अवलोकन गरिसक्नुभएको छ ।

    पनौतीलाई सरकारले प्राचीन स्मारक संरक्षण ऐन २०३१ अनुसार २०५८ सालमा ‘स्मारक क्षेत्र’ घोषणा गरिसकेको छ । मन्त्रिपरिषद्को निर्णयपछि युनेस्कोको फ्रान्सको पुरातत्व विज्ञ टिमले पुनः पनौतीको अनुगमन निरीक्षण गर्नेछ । सूचीकृतको यस प्रक्रियामा पनौतीमा ७२ वटा मौलिक नेपाली घरसमेत निर्माणको काम भईरहेको नगरपालीकाले बताएको छ । युनेस्कोको नेपालस्थित निकायले २०५२ सालमै पनौतीलाई मध्यकालीन वास्तुकला क्षेत्र जनाउँदै विश्व सम्पदामा सूचीकृत गर्न प्रस्ताव गरेको थियो ।

    पनौती नपाको वडा नं ५, ६ र ७ मा एक सयभन्दा बढी ऐतिहासिक मठमन्दिर, पाटी, पौवा रहेका छन् । फ्रान्स सरकारको सहयोगमा २०४८ सालदेखि २०५५ सालसम्ममा ती मठमन्दिर, पाटी, पौवाको मर्मत एवं जीर्णोद्धार गरिएको थियो । भारतको प्रयागमा गङ्गा र यमुना नदीको सङ्गममा गुप्तरुपले सरस्वती नदी बहेझैँ पनौतीस्थित रोशीलाई रुद्रावती नदी, पूयणमाता नदीलाई लीलावती र गुप्तरुपले बहेकी ब्रम्हायणी मन्दिरको मुनिबाट दूध बग्ने नदीपद्यमावती मानिँदै आइएको छ । राजा प्रताप मल्लले रानीपोखरी बनाइसकेपछि विभिन्न तीर्थस्थलको जलराख्ने क्रममा पनौतीस्थित त्रिवेणीघाटको जल पनि राखेको शिलालेखमा उल्लेख गरिएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार