२०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024

ट्याक्सी र निजीबाहेकका सवारीमा जोर बिजोर हटाउन सिफारिस


२२०९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ माघ १४, शुक्रबार मा प्रकाशित २ साल अघि
  • १४ माघ, काठमाडौं । कोभिड संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले ट्याक्सीबाहेकका सार्वजनिक सवारी साधनबाट जोर बिजोर प्रणाली हटाउन सिफारिस गरेको छ ।

    सीसीएमसीसीले मन्त्रिपरिषद् बैठकबाट निर्णय गरेर सार्वजनिक सवारीको जोर बिजोर प्रणाली हटाउन सिफारिस गरेको हो । सार्वजनिक सवारीमा भिड बढ्दा झनै जोखिम पनि बढेकाले जोरबिजोर प्रणाली हटाउने निर्णय भएको सीसीएमसीसीले जनाएको छ ।

    निजी र ट्याक्सीबाहेकका सार्वजनिक सवारीबाट जोर–बिजोर हटाउन सिफारिस गर्ने निर्णय भएको सीसीएमसीसीकी प्रवक्ता सुनिता नेपालले जानकारी दिइन् ।‘जिल्ल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएसी)ले आफैं पनि जोर–बिजोर हटाउन सक्छ,’ उनले भनिन्, ‘प्रत्येक जिल्लालाई निर्देशन दिन नसकिने भएकाले हामीले मन्त्रिपरिषदमा सिफारिस गरेका हौं ।’

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार