काभ्रे जिल्लाको तेमाल गाउँपालिकामा पुगेर प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले काभ्रेका प्रहरी ईकाइहरुलाई विभिन्न निर्देशन दिएका छन् । स्थलगत निरिक्षण अभियानमा रहेको पाण्डेले आइतबार गाउँपालिकामा रहेको प्रहरी चौकीमा पुगेर उक्त निर्देशन दिएका हुन् ।
पाण्डेले दिए यी निर्देशन
१. विश्वव्यापी महामारीको रुपमा रहेको कोभिड–१९को यस बिषम परिस्थितीमा समेत उच्च मनोबलका साथ आफ्नो जिम्मेवारीमा कर्तव्यनिष्ट भई कार्य सम्पादन गर्ने ।
२. ग्रामीण भेगमा लुकेका अपराधहरु जस्तै लैङ्गिक हिंसा, जातिय छुवाछुत लगाएतका विभिन्न सामाजिक कुःप्रथाहरुलाई नजिकबाट नियालेर त्यस्ता घटनाका पीडित पक्षलाई कानूनी उपचारमा तदारुकता देखाउने ।
३. प्रहरी बस्ने ईकाइ र प्रहरी कर्मचारीहरुलाई सर्वप्रथम आफु स्वस्थ रहने अनि आफ्नो कार्यक्षेत्रका जनमानसलाई स्वस्थ रहन प्ररित गर्ने ।
४. अपराध अनुसन्धानको सिलसिलामा कानूनी अधिकार प्रयोग गर्न किञ्चित नडगमगाउने ।
५. राज्यबाट निर्दिष्ट कानुनको अधिनमा रही निष्पक्ष एवं पारदर्शी रुपमा जनमैत्री सेवा प्रवाह गर्ने ।
६. प्रहरी कुनै पनि प्रकारको दबाब, प्रभाव, करकाप एवं प्रलोभनमा नपरी ईमान्दारिता र निष्ठा पुर्वक आफ्नो जिम्मेवारी एवं कर्तव्य निर्वाह गर्ने ।
७. अबैधानिक र गैह्र कानूनी क्रियाकलापमा प्रहरी कदापी संलग्न नहुने ।
स्थलगत निरिक्षण् अभियानमा प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, सहायक प्रमुख जिल्ला अधिकारी अमर दिप सुनुवार, जिल्ला प्रहरी कार्यालय, काभ्रेका प्रमुख एसपी चक्रराज जोशी लगायत पुगेका थिए ।
प्रतिक्रिया दिनुहोस