२०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024

बिन्धवासिनि द्वारा सम्पत्ति शुद्धिकरण तालिम


१९०५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ चैत्र १, मंगलबार मा प्रकाशित २ साल अघि
  • प्रदिप केसी

    काभ्रे / काभ्रेतथा काठमाडौ जिल्लाभर कार्यक्षेत्र रही राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा समेत आफ्नो छुट्टै पहिचान बनाउन सफल विन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लि. ले १ दिने सम्पत्ति शुद्धिकरण निवारण सम्वन्धी अनुशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

    संस्थाका अध्यक्ष प्रदिप थापाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेपाल राष्ट्र बैकका पूर्व निर्देशक श्यामकृष्ण दाहालले सहजिकरण गर्नुभएको थियो । सहजिकरण गर्नुहुदै निर्देशक दाहालले सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी ऐन—२०६४, नियमावली— २०७३ तथा सहकारी संघ संस्थालाई जारी गरिएको निर्देशन, २०७४ (दोश्रो संशोधन, २०७७) तथा सहकारी विभागबाट जारी भएको एकिकृत निर्देशिका—२०७८ सम्वन्धी अन्तरक्रियात्म रुपमा सहजीकरण गर्नुहुदै उहाँले यसमा सहकारीको दायित्व र जिम्मेवारी सम्वन्धी व्यवस्था स्पष्ट पार्नुभएको थियो । कार्यक्रममा उहाँले सम्पत्ति सुद्धिकरणको पूर्णपालना नगर्दा हुने जोखिम तथा कार्वाही सम्बन्धी विभिन्न घट्नाहरु सहित प्रस्तुत गर्नुभएको थियो ।

    सोही कार्यक्रमका आवसरमा संस्थामा स्थायी नियुक्ति हुनुभएका २१ जना कर्मचारीलाई संस्थाका अध्यक्ष प्रदिप थापाले नियुक्ति पत्र समेत प्रदान गर्नुभएको थियो । संस्थाका समिति, उपसमिति एवं कर्मचारी सहित १३७ जनाको सहभागिता रहेको उक्त कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष भिमसेन प्रसाद सापकोटाले राख्नु भएको थियो भने कार्यक्रम संचालन नायव प्रमुख कार्यकारी अधिकृत त्रिलोचन घिमिरेले गर्नुभएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार