२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

पाँचखाल बृहत खानेपानीको काम ७० प्रतीशत सम्पन्न, निर्धारित समयमा घरघरमा धारा,(भिडियो सहित)


६०१५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ चैत्र ८, मंगलबार मा प्रकाशित २ साल अघि
  • आइ.आर.के मैनाली

    योजनाको बर्खिलाप जुर्मुराए दुधको झिंगा टिपेर फालेझैं फाल्न पछि पर्दैनन् नगरवासिहरु—लामिछाने

    काभ्रे,पाँचखाल/पाँचखाल नगरवासिको धड्कनको रुपमा रहेको सुनकोशि पाँचखाल खानेपानी आयोजनाको काम तिब्र गतिले अगाडी बढेको छ ।

    २०७७ असार १५ गते सम्झौताभई सुरुभएको कार्य झण्डै ७० प्रतीशत सम्पन्न सम्पन्न भएको छ । हुवासुई कन्काई जे.भिसंग १३४१०६५६३७ रुपैयामा ठेक्का सम्झौता भई तिब्र गतिले निर्माण कार्य अगाडी बढेको छ । हालसम्म ७४८८०८९९१ खर्च भईसकेको आयोजनाका सुपरभाईजर इन्द्रमान सिं बस्नेतले जानकारी गराउनु भयो ।

    विश्वमा फैलिएको कोरोनाको महामारिमा समेत स्वास्थ्य मापदण्ड कायम गर्दै निरन्तर कार्य गर्दा निर्धारित समएमा काम सम्पन्न हुने भएको छ । निर्माण व्यवसायीसंगको सम्झौता अनुसार पहिलो चरणको काम २०७९ पौष १४ सम्पन्न गर्नुपर्ने हुन्छ । तिव्रगतिमा काम गरी निर्धारित समय अगावै पाँचखालवासीलाई पानी पिउने वातावरण मिलाउने बिषयमा उपभोक्ता समिति समेत अहोरात्र लागिरहेको छ ।

    २०७७ साल मंसिर ४ गते पहिलो ट्याकिं सिलन्यास भएको थियो । स्थानिय बयोबृद्ध लोपोन्मुख जाती रत्नवहादुर पहरीको प्रमुख आतिथ्यमा सो सिलन्यास हुने कार्य भएको थियो । बृहत खानेपानी आयोजनाको व्याक वास ट्याङ्की सिलन्यास हुदै गर्दा काकाकुलको अवस्थामा रहेका पाँचखालवासी जति खुसि थिए तिब्र गतिमा आयोजनाको कार्य अगाडी बढ्था थप हौसिएका छन् । उपभोक्त समितिका अध्यक्ष कुमार लामिछाने, सचिव मणिराज गौतम लगाएतका समितिहका पदाधिकारीहरुको सकृयता साथै निर्माण व्यवसायिले काममा तिब्रताले गर्दा छिटै पानी पिउन पाउने आशा जागेको नगरवासिहरुको भनाई रहेको छ ।

    सुनकोशी पाँचखाल खानेपानी उपभोक्ता समितिका अध्यक्ष कुमार लामिछाने, सचिव मणिराज गौतमको साथमा चैत्र ७ गते संञ्चारकर्मीहरुको टोलिसहित अनुगमन भएको थियो । सो अनुगमनको क्रममा उपभोक्ता समितिका अध्यक्ष लामिछानेले नगरमा रहेका सवै राजनीतिक दलहरुसंग साथै नगरवासिहरुसंग सहकार्य गर्दै अगाडी बढ्दा निर्धारित समयमा योजना सम्पन्न हुने बताउनु भयो । “पद ठुलो होईन, योजना ठुलो हो, पदलाई भन्दा योजनालाई महत्व दिएर आगाडी बढ्नुपर्छ ।” अध्यक्ष लामिछानेले बताउनु भयो । नगरवासिहरुलाई अर्जुनको अर्जुन दृष्टिको आधारमा योजना सफल गराएर पानी खुवाउने वताउनु भयो । योजनाको बर्खिलाप गर्ने उद्देश्यले कोहि जुर्मुराए भने दुधको झिंगा टिपेर फालेझैं फाल्न पछि पर्दैनन् नगरवासिहरु लामिछानेले भन्नुभयो ।

    सञ्चारकर्मी सहित अनुगमनको क्रममा उपभोत्ता समितिका सचिव मणिराज गौतमले भन्नुभयो—योजनाको सम्झौता भए लगतै काम तिब्रगतिमा अगाडी बढेको थियो जस अन्तर्गत मुहानमा सम्प वेल २ र कलेक्टर वेल ४ वटा वनिसकेको अवस्थामा सुनकोशीमा आएको बाडिले सखाप पार्दा निकै डर लागेको थियो । बाडिको कारण झन्डै करोडको क्षति भयो, तर पनि निर्माण व्यसायीले निश्चिन्त रहेर कार्यलाई अगाडी बढाउंदा कार्यहरु तिब्र गतिमा अगाडी बढेको छ । कामको गतिलाई हेर्दा निर्धारित समए अगावै पाँचखाल वासिले स्वच्छ पानी पिउन पाउनेछन् ।

    सचिव गौतमले थप्नुभयो—मुहानसम्म पुग्ने सडकको बनि नसकेकोले काम गर्न केही समस्या भएको छ । सडक निर्माणका लागि पाँचखाल नगरसंग बजेटको माग गर्दै आएका छौं । गत आर्थिक बर्षमा छुटिएको वजेटले ट्राक खुलेपनि मालबाहक सवारी साथन आवत जावत गर्न कठिन छ , जसको कारण २ नं पम्प स्टेसनमा काम गर्न कठिन भएको छ । सडकलाई व्यवस्थित गर्न नसके बर्षातमा आवत जावत गर्न निकै कठिन छ । भण्डै ५ किलोमिटर सडक व्यवस्थित गर्न जरुरी रहन्छ । मुहान सम्म पुग्ने सडक कालोपत्रे नभएमा आगामि दिनहरुमा थप समस्या हुन्छ ।

    सो सडक निर्माणको लागि नगरबाट पर्याप्त बजेट उपलब्ध नहुंदा अर्थमन्त्रालयसंग समेत हार गुहार गरेका छौं । सडक निर्माणको लागि केही जग्गा खरिद गर्नुपर्ने बाध्यात्मक अवस्थाले गर्दा चन्दा संकलन गरेर ९ आना (प्रतिआना १ लाख) जग्गा उपभोक्ता समितिको नाउमा पस गरिसकेका छौं । ४ आना (प्रतिआना १ लाख) बैना भएको र सोही मुल्यमा २ नं स्टेसन पम्प जाने सडकको लागि ११ आना खरिदको लागि सहमति भएको जानकारी गराउनु भयो ।

    मुहानमा काम गराउंदै आउनुभएका साईड इञ्चार्ज दिपक मैनालीका अनुसार डिजाईन डिस्चार्ज ८४ लि. प्रति सेकेन्ड उल्लेख भए अनुसार पानी पर्याप्त पुग्ने छ । मुहानमा दैनिक ५० जना मजदुरको आसमा आधुनिक मेसेनहरु राखेर कार्य गर्दै छौं जसले गर्दा निर्धारित समय अगावै काम सम्पन्न गर्छौ । उपभोक्ता समितिबाट पाएको साथ सहयोगका कारण पनि समयमा काम सम्पन्न गर्न सहज भएको छ ।

    आयोजनाका शुपरभाईजर इन्द्र मान सिं बस्नेतका अनुसार आयोजनाको लागि आवश्यक खानेपानीका संरचनाहरुमा कलेक्टर वेल ४ वटा; सम्प वेल २ वटा; भुई टंकी १६ वटा; ब्रेक प्रेसर टंकी ६ वटा; पानी प्रशोधन प्लान्ट (फ्लोकुलेटर २ वटा; प्लेन सेडीमेनटेसन टंकी २ वटा; च्बउष्म स्याण्ड फिल्टर १ वटा), प्रसारणलाईन ९.१३ कि. मि.,शाखा प्रसारणलाईन ३७.२३ कि. मि., वितरण लाईन १८९.३कि. मि.,प्रयोग भएका पाईप र फिटिङ्गहरुः पी.ई., डि. आई. र जि. आई.,कार्यालय भवन १ वटा;गार्ड भवन १७ वटा; जेनेरेटर भवन ५ वटा; फायरहाईड्रेन्ट २० वटा; इलेक्ट्रीकल तथा इलेक्ट्रोमेकानिकल कार्य तथा अन्य सम्बन्धित कार्यहरु ्रसरसफाईका संरचनाहरुः सार्बजनिक सौचालय १ वटा; संस्थागत शौचालय १वटा; ट्रयाक्टर १ वटा्र रहने छन् । जसमध्य निर्माण कार्य तिब्र गतिमा बढेको जानकारी गराउनु भयो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार