काभ्रे : विभिन्न मुद्दामा फरार रहेका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । सवारी अंगभंगमा मुद्दामा फरार काभ्रेको पाँचखाल नगरपालिका वडा नं ५ का सोमलाल श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय काभ्रेले पक्राउ गरेको छ ।
सवारी अंगभंग मुद्दामा श्रेष्ठलाई जिल्ला अदालत काभ्रेले २०७७ साल माघ ६ गते सजायको फैसला गरेको थियो । अदालतको फैसलापछि फरार रहेका श्रेष्ठलाई प्रहरीले चैत्र ६ गते पाँचखाल नगरपालिका वडा नं ४ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए ।
त्यस्तै चेक अनादरको मुद्दामा प्रहरीले पाँचखालका अर्का एक पुरुषलाई पनि पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाँचखाल नगरपालिका वडा नं २ का विष्णु भन्ने पुर्ण प्रसाद घिमिरे रहेका छन् । घिमिरेलाई चेक अनादरको मुद्दामा २०७७ साल फाल्गृुण १८ गते सजायको फैसला गरेको थियो । अदालतको फैसलापछि फरार रहेका घिमिरेलाई प्रहरीले चैत्र ८ गते पक्राउ गरिएको प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक खतिवडाले बताए ।
त्यस्तै चेक अनादरकै मुद्दामा फरार रहेका बनेपाका अर्का एक जना पुरुषलाई पनि प्रहरीले पक्राउ गरेकोे छ । पक्राउ पर्नेमा बनेपा नगरपालिका वडा नं २ का ५० वर्षीय तेज प्रसाद घिमिरे रहेका छन् । घिमिरेलाई चेक अनादर मुद्दामा जिल्ला अदालत काभ्रेले २०७७ साल माघ २५ गते सजायको फैसला गरेको थियो । अदालतको फैसलापछि फरार रहेका घिमिरेलाई जिल्ला प्रहरी कार्यालय काभ्रेले चैत्र ८ गते पक्राउ गरेको कार्यालयका सूचना अधिकारी खतिवडाले जानकारी दिए ।
उनका अनुसार पक्राउ परेका उनीहरुलाई फैसला कार्यान्वयनका लागि फैसला कार्यन्वयनको लागि काभ्रेपलाञ्चोक जिल्ला अदालतमा पेश गरिएको छ ।
प्रतिक्रिया दिनुहोस