२०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024

रामग्राम नगरपालिका बालमैत्री नगर घाेषणा हुदै, ५१ वटै सुचक पार गर्दै अन्तिम तयारी पूरा उर्मिला यादव यात्री परासी


८४३० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ चैत्र १०, बिहिबार मा प्रकाशित २ साल अघि
  • १० चैत्र पश्चिम् नवलपरासीको सदरमुकाम परासीमा रहेकोे रामग्राम नगरपालिका बालमैत्री नगर घाेषणा हुने भएकाे छ ।

    नगरपालिकाले यही चैत्र १२ गते शनिबार बालमैत्री नगर घाेषणा गर्ने तयारी गरेको र अन्तिम तयारी पूरा भएकाे आज रामग्राम नगरपालीकाले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

    बालमैत्री स्थानीय शासन, बालअधिकार सम्बन्धी समग्र पक्ष अर्थात् बाल बचाऊ, बाल संरक्षण, बाल विकास र बाल सहभागिताको प्रवर्द्धन गरी नेपालको संविधान बमोजिम स्थानीय तहमा सुशासन अभिवृद्धि गर्न ल्याइएको अवधारणा भएकोले साेहि अनुसार रामग्राम नगरपालिकाले नगरलाई बालमैत्री नगर घाेषणा गर्न लागिएकाे र त्यसकाे अन्तिम तयारी पूरा भएकाे पत्रकार सम्मेलनमा नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले जानकारी दिनु भयो ।उहाकाे अनुसार जिल्ला समन्वय समिति तर्फबाट संयुक्त अनुगमन भई बालमैत्री घाेषण गर्न त्यसकाे प्रतिबेदन आईसकेकाे र लुम्बिनी प्रदेश सरकारले बालमैत्री नगर घाेषणा गर्न स्वीकृति दिई सकेकाेले रामग्राम नगरपालिका बालमैत्री नगर घाेषणा गर्ने तयारी अन्तिम चरण पुगेकाे बताउनु भयो ।

    बालमैत्री नगर घाेषणा हुनु नै बालश्रम मुक्त नगर , बालबालिकाकाे पहुँच ,शिक्षामा पहुँच पुग्ने भएकाे नगरप्रमुख गुप्ताले बताए । बालमैत्री नगर घाेषणा गर्नकाे लागि ताेकिएकाे सम्पूर्ण सुचकहरू पूरा भईसकेकाे रामग्राम नगरपालिका प्रमुख प्रशासकिय अधिकृत राकेश पाण्डे जानकारी दिनु भयो । बालमैत्री नगर घाेषणा गर्नकाे लागि ५१ वटा सुचक रहेकाेले ती सबै सुचकहरू नगरपालिकाले पूरा गरिसकेकोले अब नगरलाई बालमैत्री गराउने तयारीमा जुटेका छाै प्रमुख प्रशासकिय अधिकृत पाण्डेले बताउनु भयो । बालमैत्री नगर घाेषणाको लागि मुख्यत ४ वटा क्षेत्रमा ५१ वटा सुचक पूरा भई सकेकाे र ५१ सूचकमध्ये ८० मा शतप्रतिशत उपलब्धि हासिल गर्नुपर्ने प्रवाधन रहेकाे नगरपालिका नगरशिक्षा अधिकारी रूद्रप्रसाद रेग्मीले बताउनु भयो ।

    उहाकाे अनुसार बाल बचाउ ,बालबिकास ,बाल संरक्षण र संस्थागत बिकास मुख्यतः रहेकाे ३८ सुचकमा १०० प्रतिशत त्यस्तै ६ सूचकमा ९५ प्रतिशत उपलब्धि, एउटा सूचकमा ९० प्रतिशत र ६ सूचकमा ८० प्रतिशत नतिजा प्राप्त गरी बालमैत्री नगर घोषणा गर्न लागिएको छ । नगरपालिकामा बिद्यालय र टाेलगरी १सय २ वटा बालक्लब रहेकाे छ जसमा वडास्तरीय १८ वटा बालक्लब र नगरस्तरीय बालसंजाल १ वटा रहेकाे नगरशिक्षा अधिकारी रेग्मीले जानकारी दिनु भयो । नगरपालिकामा १८ बर्ष मुनिका बालबालिकाकाे संख्या कुल २० हजार ८ सय २६ रहेकाे छ । रामग्राम नगरपालिकामा १८ वटा वडाहरू रहेकाे छ ।यो अभियान सफल पार्न नगरपालिकाले हरेक वडामा बाल सहजकर्ता तथा बालमैत्री स्वयंसेवक परिचालन गरेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार