२०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024

काभ्रे काँग्रेसले जेष्ट नागकिलाई सम्मान


२८९० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ चैत्र १३, आईतबार मा प्रकाशित २ साल अघि
  • काभ्रे,रोशी ।  नेपाली काँग्रेसले जिल्लाको रोशी गाउँपालिका वडा नं ३ का संस्थापक सदस्य एवं जेष्ठ नागरिकहरुलाई सम्मान गरेको छ ।

    नेपाली काँग्रेसले वडाका संस्थापक सदस्य एवं जेष्ठ नागरिकहरुलाई शुक्रबार सम्मान कार्यक्रम सञ्चालन गरेको थियो । कार्यक्रममा वडाका संस्थापक सदस्य एवं जेष्ठ नागरिकहरु काजी लामा, चन्द कुमार थोकर, पन्चवीर लामा, नारायण सिङ लामा, कान्छा लोप्चन  तिलक बहादुर मगर लगायतलाई  खादा लगाई प्रमाण–पत्र प्रदान गरि सम्मान समेत गरिएको थियो ।

    उक्त कार्यक्रममा जिल्लाको रोशी गाउँपालिका वडा न.३ मा नेपाली काङ्ग्रेसले आफ्नो कार्यालयको उद्घाटन तथा विभिन्न पार्टी त्यागेर प्रवेश भएकाहरुलाई स्वागत कार्यक्रम पनि सञ्चालन गरिएको थियो । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गणेश लामा, र नेपाली काङ्ग्रेस काभ्रे जिल्लाका सभापति तथा पूर्व संविधान सभा सदस्य तिर्थ लामाले संयुक्त रुपमा पार्टी कार्यालयको उद्घाटन गरेका थिए ।

    उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य लामाले घरघर जाऔं काङ्ग्रेस जीताऔ अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । कार्यक्रममा आफ्नो भनाई राख्दै वक्ताहरुले व्यक्तिलाईभन्दा पार्टीलाई विश्वास गरेर अगाडि बढ्नु पर्ने कुरालाई जोड दिए । आउँदो निर्वाचनमा सबै एकजुट भइ पार्टीलाई विजय गराउनका लागि सबै कार्यकर्ता क्रियाशिल भएर लाग्नुपर्ने उनले बताए । कार्यक्रममा विभिन्न पार्टीका सदस्यहरुले पार्टी प्रवेश गरेका थिए।

    नेपाली काङ्ग्रेसको केन्द्रीय सदस्य गणेश लामाको प्रमुख आतिथ्यतामा, नेपाली काङ्ग्रेस काभ्रे जिल्लाका सभापति तथा पूर्व संविधान सभा सदस्य तिर्थ लामाको विशिष्ट आतिथ्यतामा, पूर्व सभासद एवं महासमिति सदस्य हर्ष जित लामा, महासमिति सदस्य शङ्ख बुद्ध लामा, महासमिति सदस्य सार्किमान लामा, जिल्ला सदस्य गुणराज मोक्तान, जिल्ला सदस्य इन्द्र माया लामा, काभ्रे प्रतिनिधि सभा १ का सभापति दिनेश लामा, क्षेत्र सभा ख को सभापति चन्द्र बहादुर लामा, क्षेत्र सभा क को सचिव विद्या सागर लामा, क्षेत्रीय सदस्य बुद्ध लामा, नेपाली काँग्रेस रोशी गाउँपालिकाका सभापति दुधराज लामा, पालिका सदस्यहरु, पार्टीका युवा नेताहरु र वडा सभापतिहरुको उलेख्य उपस्थीती रहेको थियो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार