२०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024

स्थानिय तहको निर्वाचनमा गठबन्धन नहुन सक्छ—पौडेल (भिडियो सहित)


२८२० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ चैत्र १३, आईतबार मा प्रकाशित २ साल अघि
  • काभ्रे, पाँचखाल । नेकपा माओवादी केन्द्र बागमति प्रदेशका अध्यक्ष सरल सहयात्री (पौडेल) ले स्थानिय तहको निर्वाचनमा गठबन्धन नहुन सक्ने बताउनु भयो । उहाँले थप्नुभयो—गठबन्धन हुंँदा सवैठाउमा उम्मेदवारीको बार्गनिङ्ग गरिन्छ, यदि गठबन्धन भएनभने उम्मेदवारी दिने उम्मेदवार नै हुंदैन यसरी सवै ठाउ अरुलाई दिएर पार्टीले गठबन्धन गर्न सक्दैन ।

    आज (आईतबार) नेकपा माओवादी केन्द्र पाँचखाल नगर समितिले आयोजना गरेको विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रममा वागमति प्रदेश अध्यक्ष सरल सहयात्रीले पार्टीको निदेशन अनुसार जनप्रतीनिधिले काम नगरेको बताउनु भयो । पार्टीले नेपाली जनताहरुका हितको लागि जारी गरेको एजेण्डा पुर्ण रुपमा लागु गराउनु पर्ने बताउनु भयो ।

    कार्यक्रममा अध्यक्ष यात्रीले भन्नुभयो जनयुद्धको सुरुवातीमा पार्टीमा लामबद्ध भएका र शान्तिकाल पश्चाल पार्टीमा सकृय भुमिका निर्वाह गर्दै गरेका विच आन्तरिक अन्तरद्वन्द चलेको छ, सो खाले अन्तरद्वन्दलाई बिधिवतरुपमा हल गर्न जरुरी रहेको बताउनु भयो । पार्टीको केन्द्रिय तहका नेता भएपनि पालीकामा आएर निर्वाचनमा सहभागि हुंदा पालिका स्तरीय पार्टीको मातहतमा रहेर अगाडी बढ्नुपर्ने बताउनु भयो । कर्मचारीले आफ्नो हितको लागि स्थानिय तह सञ्चालनार्थ जारी गरेको नीति निएम कानुनहरु ०७४ मा निर्वाचित ९८ प्रतिशत जनप्रतीनिधिहरुले एक पटक पनि नपडि सहि गर्ने गरेको अध्यक्ष यात्रीले बताउनु भयो ।

    कार्यक्रममा नेकपा माओवादी केन्द्रिय सदस्य रुकु चौलागाईले पुरानो संरचनाहरु भत्काउंदै परम्परागत अवस्थाबाट माथि उठेको छ, तहगत नेतृत्वमा रहेका टिमले अगाडी आएको चुनौतीहरुसंग सामना गर्न सक्ने ठोकुवा गर्नुभयो । पाँचखाल ऐतिहासिक पृष्टभूमी बोकेको ठाउ भएकोले सो ठाउका जनताले देशमा आमुल परिवर्तनको खातिर माओवादीको ठुलो भूमिका रहेको नविर्सेको बताउनु भयो । माओवादी पार्टी नभएको भए जनमतको आधारमा जारी भएको संविधान च्याति सक्थ्यो त्यो कुरा पाँचखाल वासिले राम्रसंग बुझेकोले आगामि निर्वाचनमा साथ सहयोग गर्ने बताउनु भयो ।

    पाँचखाग नगर समितिका सचिव रामगोपाल भुजेल द्वारा संञ्चालित कार्यक्रममा केन्द्रिय सदस्य तेज वहादुर मिजारले आगामि निर्वाचनमा पार्टीले जारी गरेको एजेण्डा जनतासमक्ष पुर्याउनु पर्ने बताउनु भयो । त्यसैगरी नेकपा माओवादी पाँचखाल नगर समितिका अध्यक्ष चेतप्रसाद गौतम (मणि) ले पार्टीले जारी गरेको सर्कुकर पडेर सुनाउनाको साथै बिस्तारित बैठकबाट भएका निर्णयहरु सुनाउनु भएको थियो । कार्यक्रममा नगर समिति उपाध्यक्ष सरिता तामाङ शाहीले स्वागत मन्तव्य राख्नुभएको थियो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार