‘पढ्दै–कमाउँदै’ कार्यक्रम अन्तर्गत काभ्रेको २ विद्यालय छनौंटमा परेको छ । अर्थमन्त्री जनार्दन शर्माले ‘पढ्दै–कमाउँदै’ कार्यक्रममा जोडदिएसँगै शिक्षा तथा मानव स्रोत विकास केन्द्रले यस कार्यक्रम अन्तर्गत दुई वटा विद्यालय छनौट गरेको हो ।
‘पढ्दै–कमाउँदै’ कार्यक्रमका लागि नमोबुद्ध नगरपालिकाको जनक मा.वि. र महाभारत गाउँपालिकाको गोकुले मा.वि. रहेको छ ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्र्तगत पढ्दै कमाउँदै कार्यकम (लर्निङ बाइ अर्निङ) विद्यालय सहयोग कार्यक्रमका लागि देशभरका १४० सामुदायिक विद्यालयमध्ये काभ्रेका यी दुई विद्यालय छनौट भएको छ । जनक मा.वि. कृषि व्यवसायी किट र गोकुले मा.वि. वन तथा बृक्षारोपण निर्माण कार्यक्रमका लागि छनौट भएका जनाएको छ ।
प्राविधिक विधामा अध्ययन गर्ने कक्षा १२ सम्मका विद्यार्थीलाई लक्षित गर्दै सरकारले पढ्दै कमाउँदै कार्यक्रम लागू गर्ने गरी कार्यविधि तयार गरेको थियो । सोही अनुसार शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सूचना प्रकाशित गरी आवेदन माग गरेको थियो ।
प्रत्येक जिल्लाबाट कम्तीमा एक विद्यालय अनिवार्य र बढीमा पाँच वटा विद्यालय छनोट गरिएको केन्द्रले जानकारी दिएको छ । कार्यक्रम सञ्चालनका लागि ७० जिल्लाबाट मात्रै आवेदन परेको थियो ।
प्रतिक्रिया दिनुहोस