काभ्रे जिल्लाको रोशी गाउँपालिकाको ‘एक गाउँ एक अधिकृत र एक गाउँ एक इन्जिनियर’ कार्यक्रम अन्तर्गत ३ जना युवालाई प्रोत्साहन रकम वितरण गरेको छ । गाउँपालिकको आर्थिक वर्ष २०७८-०७९ को नीति तथा कार्यक्रम अनुसार अध्यक्ष डिबी लामाले तीन जना युवाहरुलाई उक्त उत्पादन प्रोत्साहन रकम वितरण गरेको हो ।
सो कार्यक्रम अन्तर्गत अधिकृततर्फ रोशी–१० की गरिमा जिम्बा र रोशी–९ की प्रेरणा क्याप्छाकी मगरलाई २५÷२५ हजार तथा इन्जिनियर तर्फ रोशी–६ का नरेश लामालाई नगद रु ५० हजार नगद प्रोत्साहन स्वरुप अध्यक्ष लामाले प्रदान गरिएको थियो ।
प्रमुख प्रशासकिय अधिकृृत राम बहादुर तामाङका अनुसार सम्बन्धित वडाबाट शाखा अधिकृतका लागि फारम भरेको प्रवेश पत्रको प्रतिलिपि, शाखा अधिकृतको प्रारम्भिक परीक्षा उतिर्ण गरेको नतिजाको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि सहितको सिफारिसको आधारमा उनीहरु छनौट भएका थिए । पालिकाले सार्वजनिक सेवामा विपन्न तथा जेहेन्दार नागरिकको पहँुच पु¥याउन उक्त योजना अगाडि सारेको थियो ।
प्रतिक्रिया दिनुहोस