नेकपा (माओवादी केन्द्र) महाभारत गाउँपालिकाकको अध्यक्ष तथा गाउँपालिकाको सरकारका अध्यक्ष कान्छालाल जिम्बा (संसार)ले महाभारत गाउँपालिकामा आठै वटा वडा जित्ने दावी गरेका छन् । योङ कम्युनिस्ट लिग (वाइसिएल) नेपाल महाभारत गाउँपालिकाको तेस्रो तथा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)को दोस्रो गाउँपालिका सम्मेलनमा जिम्बाले उक्त दावी गरेका हुन् ।
‘हामी २०७४ को चुनावमा पनि एक्लै लडेर जितेका हौं अब पनि जितेर देखाउछौ ।’ अध्यक्ष जिम्बाले भने, ‘हामी यो पटकको चुनावमा महाभारतको आठै वडा जित्छौं । हामीले चुनाव हिजो पनि जितेको हो अब पनि जित छौं ।‘
माओवादीको कारण धर्मनिरपेक्षता, संघीयता, समावेशी समानुपातिक लगायतका उपलब्धि हासिल भएको बताउँदै यसलाई भत्काउन प्रतिक्रियावादी लागेको उनले आरोप लगाए । महाभारतमा यो भन्दा पहिला विभिन्न पार्टी नेतृत्व गरेको भए पनि कुनै पनि विकास नभएको बताउँदै माओवादीले नेतृत्व गरे पछि विकास भएको र विकास भएको देखेपछि विरोधीहरु चिन्तित भएको बताए । महाभारत गाउँपालिको नेतृत्व माओवादीले गरेको कारणले नै बागमती प्रदेशकै उत्कृष्ट गाउँपालिका भएको समेत बताए ।
१३ बर्षको उमेर देखि महाभारतको विकासका लागि लागिपरेको र जीवन रहुन्जेल व्यतित गर्ने जिम्बाले बताए । १० बर्ष जनयुद्ध र १९ दिने जनआन्दोलनबाट व्यवस्था परिवर्तन भए पनि महाभारतको अवस्था परिवर्तन गर्न आगामी निर्वाचनमा माओवादी केन्द्रलाई जिताउन उनले आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस