२०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024

पाँचखालको लागि साडे दुई अर्ब व्यवस्था गर्छु—मन्त्री झाँक्री (भिडियो सहित)


३३४८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ बैशाख २, शुक्रबार मा प्रकाशित २ साल अघि
  • आइ.आर.के.मैनाली

    काभ्रे, पाँचखाल । पाँचखाल नगरपालिकाको विकास निर्माणको लागि ५० करोड उपलब्ध गराई सकेको आगामी दिनमा दुई अर्व वजेटको व्यवस्था गर्दैर्छौ । सहरी विकास मन्त्रालय मार्फत उपलब्ध गराउने साडे दुई अर्व बजेटले पाँचखालको बिकास निर्माणमा ठुलो टेवा पुग्ने छ ।

    उक्त भनाई सहरी विकास मन्त्री रामकुमारी झाक्रीले आज (शुक्रबार) पाँचखालमा नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) को पाँचखाल नगर स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै वताउनु भएको हो ।

    कार्यक्रमका प्रमुख अतिथि मन्त्री झाँक्रीले पाँचखालको बिकास निर्माण गर्दा कुन ठाउमा के कस्तो ढंगको विकास निर्माणको कार्य गर्ने भन्ने बिषयमा गुरुयोजना तयार गर्नुपर्ने बताउनु भयो । ५० करोड वजेट व्यवस्था गरिसकेका छौंं, संघियताके प्रतिकुल हुनेगरी काम गर्दैनौ, संघिय सरकारले पाँचखालमा साडे दुई अर्व लगानी गरेर पाँचखाललाई बैकल्पीक शहर वनाउने लक्षका साथ अगाडी बढेको बताउनु भयो ।

    ओली नेतृत्वको सरकारले ४२ महिना सरकार चलाउंदा पाँचखालको विकास निर्माणको लागि धेरै आश्वासनहरु बाँडेपनि वजेट व्यवस्था नगरेकोमा प्रदेश सांसद लक्ष्मण लम्सालको सझावको आधारमा बजेट व्यवस्था गरेको बताउनु भयो । राजनैतिक स्थिरता साथै मुलुकको हितको लागि संयुक्त घोषणा पत्र जारी गर्दै गठबन्धन गरी अगाडी बढ्ने बताउनु भयो ।

    नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) का पाँचखालका अध्यक्ष रविन्द्र सिपखानको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रदेस साँसद लक्ष्मण लम्साल,संविधानसभा सदस्य बिदुर सापकोटा, पाँचखाल नगरपालिका वडा नं ६ का वडा अध्यक्ष रामशरण दुलाल लगाएतले आगामी निर्वाचनमा पार्टीले खेल्नु पर्ने भूमिकाको वारेमा प्रट्याउनु भएको थियो । पाँचखालका इञ्चार्ज हरेराम सापकोटाले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन सुर्य वहादुर भेटवालले गर्नु भएको थियो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु